जनप्रतिनिधिद्वारा कार्यालयमा ताला « Khabarhub

जनप्रतिनिधिद्वारा कार्यालयमा ताला


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


सप्तरी- सप्तकोशी नगरपालिकाका जनप्रतिनिधिले निमित्त प्रमुख प्रशासकीय अधिकृत रामदेव चौधरीको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

नगर उपप्रमुख आशा चौधरीको नेतृत्वमा पुगेको वडाध्यक्षसहितको टोलीले जनप्रतिनिधिले जनताको काम रोकेको भन्दै तालाबन्दी गरेका हुन् ।

गत पुसदेखि निमित्त कार्यालय प्रमुख रहनुभएका चौधरीले व्यक्तिगत अपेक्षा पूरा नभएपछि जनताको काम रोकी नगरपालिकाको कामकाज प्रभावित बनाएकाले कार्यकक्षमा तालाबन्दी गर्नुपरेको वडा नं १ का वडाध्यक्ष नारायण आचार्यले बताए । “काम नगरेकाले तालाबन्दी गरेका हौँ”, आचार्यले भने ।

नगरपालिकाका कार्यालय प्रमुख राजकपुर चौलागाईं सरुवा भई अन्यत्र गएपछि शिक्षा शाखाका उपसचिव चौधरी निमित्त कार्यालय प्रमुख भएका थिए । वडा सदस्य जाहिर हुसेनका अनुसार चौधरी कार्यालय प्रमुख भएका बेलाका ३९ योजना र सम्झौता अधुरै छन् ।

प्रमुख प्रशासकीय अधिकृतका रुपमा चैत १८ गते कार्यालयमा हाजिर भएलगत्तै वासुदेव रेग्मीले पनि चौधरीलाई नै निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिएर बिदामा बसेका थिए ।

निमित्त कार्यालय प्रमुख चौधरीले नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भइसकेको र आफूले आर्थिक कारोवार गर्ने अख्तियारी नपाएकाले काम गर्न नसकिएको बताए ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ९ : ३३ बजे

नवनियुक्त नेपाली राजदूत पौडेलद्वारा ओहोदाको प्रमाणपत्र पेश

मलेसिया – मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाको

वर्षाले दिक्तेलमा एउटा घर ढल्यो, विभिन्न ठाउँमा क्षति

काठमाडौं – भारी वर्षाका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१

नेपाल विदेशीको क्रीडाभूमि भएको जनगुनासो छ : पूर्वराजा शाह

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल देशीविदेशीको क्रीडाभूमि भएको जनगुनासो रहेको

डेेंगू नियन्त्रणमा सरकार असक्षम

काठमाडौँ : दसैँको मुखमा डेंगू संक्रमण भयावह अवस्थामा पुगेको छ

दसैं बजार अनुगमन गर्दै काठमाडौं महानगर

काठमाडौं – दसैं नजिकिएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको