चामलविना हरेक पूजा किन पूर्ण हुन्न ? « Khabarhub

चामलविना हरेक पूजा किन पूर्ण हुन्न ?


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हिन्दू धर्ममा सबै देवी-देवताको पूजामा चामलको प्रयोग विशेष रुपमा हुने गर्छ । चामल बिना पूजा पूर्ण भएको मानिदैन । पूजामा प्रयोग हुने चामललाई अक्षता पनि भनिन्छ । कुनै पनि पूजामा सिम्रिक, बेसार, अबिर तथा केसरीको साथै अक्षता चढाइन्छ ।

पूजामा यस मन्त्रका साथ अक्षता भगवानलाई चढाइन्छ ।
अक्षताश्य सुरश्रेष्ठ कुंकुमाक्ताः सुशोभिताः ।
मया निवेदिता भक्त्याः गृहाण परमेश्वर ।।

यो मन्त्रको अर्थ हुन्छ, हे भगवान, सिम्रिकको रंगबाट सुशोभित यो अक्षता तपाईलाई समर्पित गर्दछु । कृपया तपाई यसलाई स्वीकार गर्नुहोला । यसको यही भाव हुन्छ कि अन्नमा अक्षता अथवा चामल श्रेष्ठ मानिन्छ । यसैले चामललाई देवान्न पनि भनिन्छ । देवताको पनि प्रिय अन्न चामल नै हो ।

चामलसँग जोडिएका विशेष्ता

पूजा कर्ममा देवी-देवतालाई चामल चढाइन्छ । साथै कुनै व्यक्तिलाई निधारमा टिका लगाउँदा पनि अक्षताको प्रयोग गरिन्छ । अक्षता पूर्णताको प्रतिक पनि हो । किन भने यो टुक्रिएको हुँदैन । त्यसैले अक्षतालाई पूजामा चढाउनुको अर्थ हाम्रो पूजा पनि अक्षता जस्तै पूर्ण हुनेछ । यसमा कुनै बाधा नआओस् । पूजा बीचमा नटुटोस् अर्थात अधुरो नहोस् भन्ने अर्थ लाग्छ । यसै प्रार्थनाका साथ भगवानलाई चामल चढाइन्छ ।

चामललाई अन्नहरुमा सर्वश्रेष्ठ मानिन्छ । इसको सेता रङ्ग शान्तिको प्रतिक पनि हो । भगवानलाई चामल चढाएर पूजा गर्नुको अर्थ चामल जस्तै हाम्रो पूजा पनि पूर्ण होस् र जीवनमा शान्ति मिलोस् भन्ने कामना हुन्छ ।

भगवानलाई चामल चढाएको समयमा केही कुरामा ध्यान दिन आवश्यक हुन्छ । चामल टुक्रिएको हुनुहुँदैन । अक्षता पूर्णताको प्रतिक भएकाले सबै चामल नटुक्रिएको हुनु पर्नेछ । चामल सफा र स्वच्छ हुनु पर्नेछ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ६ : ३५ बजे

कांग्रेसले सबैलाई समेटेर देश सम्हाल्छ : सभापति थापा

सिरहा– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै विचार र समुदायलाई

बागमतीका मन्त्रीको सरकारी गाडी पार्टी प्यालेसमा !

काठमाडौं- बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा

५ वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने नेकपाको लक्ष्य

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले आगामी ५ वर्षभित्र १० हजार मेगावाट

यस्ता छन् नेकपाको चुनावी प्रतिबद्धताका कार्यक्रम र मुख्य एजेन्डा

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले चुनावी प्रतिबद्धता सार्वजनिक गरेको