मोदीको शपथमा पाँच छिमेकीलाई मात्रै निम्ता! « Khabarhub

मोदीको शपथमा पाँच छिमेकीलाई मात्रै निम्ता!


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा आठमध्ये पाँच छिमेकी मुलुकलाई मात्रै निमन्त्रणा गरिएको छ। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) सदस्यसमेत रहेका नेपाल, भुटान, बंगलादेश, म्यानमार र श्रीलंकालाई अतिथिका रूपमा निमन्त्रणा छ। तर, छिमेकी पाकिस्तान, अफगानिस्तान र चीनलाई निम्ता नभएको नयाँ पत्रिकामा खबर छ ।

बिमस्टेक सदस्य थाइल्यान्डका कार्यकारी प्रमुखलाई पनि अतिथिका रूपमा निमन्त्रणा छ। सांघाई कोअपरेसन अर्गनाइजेसन (एससिओ)को अध्यक्षराष्ट्र किर्गिस्तान र भारतीय मूल बाहुल्य रहेको मोरिससका कार्यकारी प्रमुखलाई पनि शपथग्रहणमा निम्ता गरिएको छ। भारतीय विदेश मन्त्रालयले छिमेक प्रथम नीतिअनुसार छिमेकी मुलुकलाई प्रधानमन्त्रीको शपथग्रहणमा बोलाएको जनाएको छ।

मोदीले पहिलो कार्यकालका लागि १२ जेठ ०७१ मा शपथग्रहण गर्दा सार्कका सदस्य मुलुक डाकिएका थिए। तर, अहिले बिमस्टेक सदस्य राष्ट्रलाई प्राथमिकतामा राखिएको छ। अघिल्लो सपथमा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफ शपथग्रहणमा सहभागी थिए। तर, पछिल्लोपटक भारतको पठानकोट, उरी र बालाकोटमा भएको आतंककारी हमलापछि भारत–पाकिस्तान सम्बन्ध चिसिएको छ। यही कारण सार्कको १९औँ शिखर सम्मेलनसमेत पाकिस्तानमा हुन सकेको छैन।

चार वर्षपछि खुल्दै तातोपानी नाका शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ । १२ वैशाख ०७२ को भूकम्पपछि बन्द नेपाल–चीन मुख्य नाका तातोपानी बुधबारदेखि खुल्दै छ । भूकम्प र २१ असार ०७३ को भोटेकोसी बाढीले क्षतिग्रस्त मितेरी पुल, लार्चास्थित सुक्खा बन्दरगाह र कोदारी सडक चीनले पुनर्निर्माण गरिदिएपछि नाका खुल्ने भएको हो। नेपालका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, चिनियाँ राजदूत होउ यान्छी र तिब्बत सरकारका प्रतिनिधिको उपस्थितिमा बुधबार नाकाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ।

भूकम्पलगत्तै नाका बन्द गरिए पनि खासामा अड्किएका नेपाली व्यापारीका तीन सयभन्दा बढी कन्टेनर नेपाल पठाउन १५ साउन ०७२ मा एक साताका लागि नाका खुला गरिएको थियो। नाका सञ्चालनका लागि अध्यागमन, भन्सार र क्वारेन्टाइनका कर्मचारी पूर्ववत् काममा खटिसकेका छन्। तत्काल परीक्षणका रूपमा नाका सञ्चालन गरिनेछ। नाका खुलेपछि सीमाक्षेत्रका बासिन्दा उत्साही भएका छन्।

करिब १५ हजार कर्मचारी माग, नौ हजारका लागि विज्ञापन खुल्दै शीर्षकको समाचारमा ९ हजार जनाका लागि लोकसेवाको विज्ञापन खुल्दैछ । देशभरका लोकसेवा आयोगका १४ कार्यालयबाट विज्ञापन खुल्न लागेको हो । ती कार्यालयको कार्य क्षेत्रमा पर्ने स्थानीय तहका पदलाई एकीकृत गरेर विज्ञापन खुल्न लागेको हो ।

यसको फर्म भर्ने म्याद १५ असारसम्म हुनेछ भने असारदेखि नै परीक्षा संञ्चालन हुने भएकाे छ । प्रदेश लोक सेवा आयोग गठन नभइसकेको अवस्थामा स्थानीय तहको मागका आधारमा सरकारले लोक सेवा आयोगमार्फत कर्मचारी पद पूर्ति गर्न लागेको हो । लाेक सेवाले पाँच सय १५ स्थानीय तहका लागि विज्ञापन खुलाउन लागेकाे हाे ।

यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात प्रदेशका स्थानीय तहबाट १५ हजार कर्मचारी माग रहेको विवरण लोक सेवा आयोगलाई पठाएको थियो ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ६ : ३२ बजे

चीनमा डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता

कुन्मिङ- दक्षिणपश्चिम चीनको युन्नान प्रान्तमा निजी स्वामित्वको डुङ्गा डुब्दा दुई जनाको

परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात् गरेर

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका