एमाले बैठकमा ‘सिंहदरबार संसद् भवन जलाउन प्रयोग भएको’ म्याग्नेशियम र सोडियमको चर्चा « Khabarhub

एमाले बैठकमा ‘सिंहदरबार संसद् भवन जलाउन प्रयोग भएको’ म्याग्नेशियम र सोडियमको चर्चा


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेभित्रकै मानिसहरूलाई म्याग्नेशियम र सोडियमका रुपमा प्रयोग गरिएको छ कि ? यस्तो प्रश्न एमाले केन्द्रीय कमिटी बैठकमा उठेको छ । बिहीबारको बैठकमा केन्द्रीय सदस्य गोविन्द थापाले यस्तो प्रश्न गरेका हुन् ।

भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालत, संसद् सहित ठूला भवन जलाउन संगठित गिरोहले महिनौँको तयारीपछि म्याग्नेशियम र सोडियम जस्ता घातक रासायनिक पदार्थ प्रयोग गरेको न्यूयोर्क टाइम्स अखबारले खुलासा गरेको छ ।

उक्त विषय उठाउँदै थापाले सिंहदरबार र संसद् जलाउन प्रयोग गरे जसरी एमालेलाई जलाउन पनि म्याग्नेशियम र सोडियम प्रयाग गरिने खतरा औंल्याए ।

‘षडयन्त्रकारीले जेन-जीलाई अगाडि सारेर म्याग्नेशियम र सोडियम प्रयोग गरेर देश जलाए, उनीहरू एमालेलाई पनि जलाउन चाहन्छन् भन्ने हामीले बुझेका छौं कि छैनौं ?’, उनले भने, ‘षडयन्त्रकारीहरू एमालेका अध्यक्ष केपी ओलीलाई पनि जलाउन चाहन्छन् भन्ने बुझेका छौँ कि छैनौँ ? एमाले र ओलीलाई म्याग्नेशियम र सोडियमले सिध्याउन सकिँदैन, त्यसका लागि एमालेभित्रकैलाई म्याग्नेशियम र सोडियमका रुपमा प्रयोग गर्नुपर्ने हुन्छ ।’

ओलीले अध्यक्ष पद छाड्नुपर्छ भन्नेहरूले कतै आफू म्याग्नेशियम र सोडियम बनिरहेको त छैन भनेर आफैलाई सोध्नुपर्ने विचार थापाले राखे ।

‘शत्रु हाम्रोसामु आइसक्यो, शत्रुले देश जलाइसक्यो । सत्रुले जे-जे गर्नुपर्ने गरिसक्यो । शत्रुले भदौ २३ गते भीडमा घुसेर गोलीकाण्ड मच्चायो, गोलीले मान्छे भुट्ने अवस्था सिर्जना गर्न षडयन्त्र गर्यो’, उनले भने ।

उनले शत्रुले अब म्याग्नेशियम र सोडियम कसरी प्रयोग गर्ने योजना बनाएको छ भन्ने आफूहरूलाई थाहा नभएको बताए । उनले शत्रुको भण्डारबाट म्याग्नेशियक र सोडियम सकिएको छैन भन्ने विचार पनि राख्नुपर्ने बताए ।

‘केपी ओलीले के छाड्ने ? एमालेको अध्यक्ष पद छाड्ने हो ? भदौ २३ र २४ आएको थिएन भने शायद म पनि भन्थेँ, अध्यक्षज्यूले अब भारी बिसाए हुन्छ’, उनले भने, ‘तर, २३ र २४ जसरी आयो, म भन्छु, केपी ओलीले एमाले अध्यक्ष छाड्न पाउनुहुन्न । देश यस्तो अवस्थामा हुँदा ओलीले छाड्न कसरी मिल्छ ? यो संकटबाट देशले पार पाएपछि छाडे हुन्छ तर अहिले छाड्न मिल्दैन ।’

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ६ : ३१ बजे

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ