मोदीको शपथमा पाँच छिमेकीलाई मात्रै निम्ता! | Khabarhub Khabarhub

मोदीको शपथमा पाँच छिमेकीलाई मात्रै निम्ता!


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा आठमध्ये पाँच छिमेकी मुलुकलाई मात्रै निमन्त्रणा गरिएको छ। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) सदस्यसमेत रहेका नेपाल, भुटान, बंगलादेश, म्यानमार र श्रीलंकालाई अतिथिका रूपमा निमन्त्रणा छ। तर, छिमेकी पाकिस्तान, अफगानिस्तान र चीनलाई निम्ता नभएको नयाँ पत्रिकामा खबर छ ।

बिमस्टेक सदस्य थाइल्यान्डका कार्यकारी प्रमुखलाई पनि अतिथिका रूपमा निमन्त्रणा छ। सांघाई कोअपरेसन अर्गनाइजेसन (एससिओ)को अध्यक्षराष्ट्र किर्गिस्तान र भारतीय मूल बाहुल्य रहेको मोरिससका कार्यकारी प्रमुखलाई पनि शपथग्रहणमा निम्ता गरिएको छ। भारतीय विदेश मन्त्रालयले छिमेक प्रथम नीतिअनुसार छिमेकी मुलुकलाई प्रधानमन्त्रीको शपथग्रहणमा बोलाएको जनाएको छ।

मोदीले पहिलो कार्यकालका लागि १२ जेठ ०७१ मा शपथग्रहण गर्दा सार्कका सदस्य मुलुक डाकिएका थिए। तर, अहिले बिमस्टेक सदस्य राष्ट्रलाई प्राथमिकतामा राखिएको छ। अघिल्लो सपथमा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफ शपथग्रहणमा सहभागी थिए। तर, पछिल्लोपटक भारतको पठानकोट, उरी र बालाकोटमा भएको आतंककारी हमलापछि भारत–पाकिस्तान सम्बन्ध चिसिएको छ। यही कारण सार्कको १९औँ शिखर सम्मेलनसमेत पाकिस्तानमा हुन सकेको छैन।

चार वर्षपछि खुल्दै तातोपानी नाका शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ । १२ वैशाख ०७२ को भूकम्पपछि बन्द नेपाल–चीन मुख्य नाका तातोपानी बुधबारदेखि खुल्दै छ । भूकम्प र २१ असार ०७३ को भोटेकोसी बाढीले क्षतिग्रस्त मितेरी पुल, लार्चास्थित सुक्खा बन्दरगाह र कोदारी सडक चीनले पुनर्निर्माण गरिदिएपछि नाका खुल्ने भएको हो। नेपालका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, चिनियाँ राजदूत होउ यान्छी र तिब्बत सरकारका प्रतिनिधिको उपस्थितिमा बुधबार नाकाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ।

भूकम्पलगत्तै नाका बन्द गरिए पनि खासामा अड्किएका नेपाली व्यापारीका तीन सयभन्दा बढी कन्टेनर नेपाल पठाउन १५ साउन ०७२ मा एक साताका लागि नाका खुला गरिएको थियो। नाका सञ्चालनका लागि अध्यागमन, भन्सार र क्वारेन्टाइनका कर्मचारी पूर्ववत् काममा खटिसकेका छन्। तत्काल परीक्षणका रूपमा नाका सञ्चालन गरिनेछ। नाका खुलेपछि सीमाक्षेत्रका बासिन्दा उत्साही भएका छन्।

करिब १५ हजार कर्मचारी माग, नौ हजारका लागि विज्ञापन खुल्दै शीर्षकको समाचारमा ९ हजार जनाका लागि लोकसेवाको विज्ञापन खुल्दैछ । देशभरका लोकसेवा आयोगका १४ कार्यालयबाट विज्ञापन खुल्न लागेको हो । ती कार्यालयको कार्य क्षेत्रमा पर्ने स्थानीय तहका पदलाई एकीकृत गरेर विज्ञापन खुल्न लागेको हो ।

यसको फर्म भर्ने म्याद १५ असारसम्म हुनेछ भने असारदेखि नै परीक्षा संञ्चालन हुने भएकाे छ । प्रदेश लोक सेवा आयोग गठन नभइसकेको अवस्थामा स्थानीय तहको मागका आधारमा सरकारले लोक सेवा आयोगमार्फत कर्मचारी पद पूर्ति गर्न लागेको हो । लाेक सेवाले पाँच सय १५ स्थानीय तहका लागि विज्ञापन खुलाउन लागेकाे हाे ।

यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात प्रदेशका स्थानीय तहबाट १५ हजार कर्मचारी माग रहेको विवरण लोक सेवा आयोगलाई पठाएको थियो ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ६ : ३२ बजे

मधेस प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन

जनकपुरधाम- मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रपरिषद् पुनर्गठन गरेका छन्

चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि

हङकङ– चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

झापा– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वीनाका काँकरभिट्टाबाट हुने अवैध व्यापारलाई

कामपाले भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै

काठमाडौं– काठमाडौँ महानगरपालिका (कामपा) ले भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने

कार्यान्वयनमुखी बजेट ल्याउन विज्ञहरुको सुझाव

काठमाडौं– विज्ञहरुले आगामी आर्थिक वर्षका लागि कार्यान्वयनमुखी बजेट ल्याउन सुझाव