विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री « Khabarhub

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार रहेको बताएका छन् ।

नेपाल विज्ञापन सङ्घ (आन)द्वारा आज ललितपुरमा आयोजित १३औँ रेड बुल कृति अवार्डको प्रतीक चिह्न (लोगो) सार्वजनिक समारोहमा मन्तव्य राख्दै मन्त्री डा तिमिल्सिनाले विज्ञापन बजारको विकासका लागि विज्ञापन क्षेत्रका समस्या, चुनौती र कमजोरीको निर्मम समिक्षा गरी समाधानका लागि ठोस पहल आवश्यक रहेको बताए ।

“विज्ञापन केवल व्यवसायसँग मात्र नभई संस्कृति, देशको पहिचान, सञ्चारमाध्यम, लोकतन्त्र, सिर्जनशीलता र समग्र अर्थतन्त्रसँग जोडिएको क्षेत्र हो । विज्ञापन उद्योगको विकासले समग्र अर्थतन्त्रसँगै लोकतान्त्रिक अभ्यास तथा सञ्चार क्षेत्रलाई समेत सकारात्मक योगदान पु¥याउन सक्छ”, उनले भने ।

विज्ञापन क्षेत्र अपेक्षाअनुसार अघि बढ्न नसक्नुका कारण पहिचान गर्नुपर्नेमा जोड दिँदै मन्त्री डा तिमिल्सिनाले त्यसका अवरोध र चलखेल पहिल्याएर आवश्यक हस्तक्षेपमार्फत समाधान खोज्नुपर्ने बताए । विज्ञापन बोर्ड, विज्ञापन नीति तथा सरकारबाट आवश्यक सहजीकरणका विषयमा सरोकारवालाबीच खुला र आलोचनात्मक छलफल आवश्यक रहेको उनको भनाइ थियो ।

मन्त्री डा तिमिल्सिनाले प्रविधिको विकाससँगै विज्ञापन बजारको स्वरूपसमेत तीव्र रूपमा परिवर्तन भइरहेको उल्लेख गर्दै आगामी पाँचदेखि १० वर्षमा नेपालको विज्ञापन उद्योगले लिनुपर्ने दिशा र प्रविधिले पार्ने प्रभावबारे दीर्घकालीन नीति निर्माणमा विज्ञापन क्षेत्रका सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

“विज्ञापन क्षेत्रलाई कुनै व्यक्ति वा संस्थाको नियन्त्रणमा नभई आफ्नै क्षमतामा उभिन सक्ने र स्वचालित उद्योगका रूपमा विकास गर्नुपर्ने आवश्यकता छ, सरकारले विज्ञापन क्षेत्रको महत्त्व बुझेको छ, यसको विकासका लागि आवश्यक सहकार्य गर्न सरकार तयार छ”, उनले भने।

कृति अवार्डले विज्ञापन क्षेत्रका विभिन्न विधा र सिर्जनालाई समेट्दै नेपाली विज्ञापन बजारलाई पुनः ऊर्जाशील र जीवन्त बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गर्दै मन्त्री डा तिमिल्सिनाले अवार्डमा व्यापक सहभागिता र नेपाली विज्ञापन क्षेत्रको क्षमता तथा उपस्थिति उजागर हुने अपेक्षा व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले सङ्घले विज्ञापनलाई खर्चका रूपमा मात्र नभई ब्रान्ड, उपभोक्ता विश्वास र दीर्घकालीन बजार मूल्य निर्माण गर्ने रणनीतिक लगानीका रूपमा लिनुपर्ने बताए ।

नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपक मलहोत्राले सरकारले निजी क्षेत्रलाई राजस्व सङ्कलनको क्षेत्रका रुपमा मात्रै नलिएर अर्थतन्त्रको साझेदारको रुपमा लिनुपर्ने धारणा राखे ।

सञ्चार उद्यमी एवं नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भाष्करराज राजकर्णिकारले नेपाली विज्ञापन क्षेत्रमा सृजनात्मक कामको प्रशंसाका साथै नेपाली अर्थतन्त्रलाई विज्ञापन क्षेत्रबाट उर्वर बनाउने अभिप्रायका साथ विज्ञापन बजारको गुणात्मक विकासका लागि कृति अवार्ड स्थापना गरिएको जानकारी गराए ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ९ : १३ बजे

फूलखेतीले दिलाएको सफलता…

पाल्पा– पाल्पाका खेतबारीमा यतिबेला सयपत्री, मखमलीजस्ता फूल ढकमक्क फुलेका छन्

कांग्रेस सभापति थापाबाट आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीको शुभकामना

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २७औँ राष्ट्रिय आरोग्य दिवस

चाडपर्व लक्षित सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौँ– तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै

एनपीएल : आज लुम्बिनी र काठमाडौँ खेल्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एक

सरकार र डा. केसीबीच ६ बुँदे सहमति, अनशन तोडियो

काठमाडौँ– नेपाल सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे