यस्तो थियो नेपालको पहिलो बजेट (पूर्णपाठसहित) « Khabarhub

यस्तो थियो नेपालको पहिलो बजेट (पूर्णपाठसहित)


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको बजेट इतिहासमा पहिलो बजेट ल्याउने व्यक्ति सुवर्ण शमशेर राणा हुन् । २००७ फागुन ७ गते, प्रजातन्त्रको घोषणासँगै गठन भएको नेपाली कांग्रेसका नेता मातृका कोइराला नेतृत्वको संयुक्त सरकारमा सूवर्ण शमशेर अर्थमन्त्री बनेका थिए । २००८ माघ १९ गते अर्थमन्त्रीको हैसियतले सुवर्ण शमशेरले नै पहिलोपटक बजेट प्रस्तुत गरेका थिए ।

१ सय ४ वर्षे राणा शासनको अवधिमा मुलुकको आम्दानी–खर्च बारे जनतालाई केही थाहा हुदैनथ्यो । राणाशासनमा जनता लक्षित कार्यक्रम हुदैनथ्यो, न त बजेट नै सार्वजनिक हुन्थ्यो । जनतालाई राणाले जवाफ पनि दिनुपर्दैनथ्यो ।

राणाकालको अन्त्यसँगै जनतालाई मुलुकको आर्य–व्यय बारे बजेटमार्फट जानकारी गराउने परिपार्टिको स्थापना भयो ।

२००८ सालमा तत्कालीन अर्थमन्त्री सूवर्ण समशेरले संसद समक्ष ५ करोड २५ लाख २९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका थिए । जसमा राजस्व ३ करोड ६ लाख १९ हजार रुपैयाँ उठ्ने लक्ष्य राखिएको थियो । सरल भाषामा लेखिएको उक्त बेजटमा चालु खर्च र पुजी खर्च भनेर भिन्न शीर्षक छुट्याइएकोको पाइन्दैन् ।

०८ सालको बजेटमा सबैभन्दा बढी खर्च (७० लाख ७० हजार) राष्ट्रिय सुरक्षामा खटिने प्रहरी र सेनाका लागी छुट्याईएको पाईन्छ । त्यसैगरी उक्त बजेटमा मन्त्रिगण र सचिवालयको लागी ३२ लाख ४० हजार रुपैयाँ र राजसंस्था लागी भने ५ लाख ८४ हजार मात्र खर्च छुट्याईएको पाईन्छ ।

बजेट २००८ पुर्णपाठ

 

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ८ : १६ बजे

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री