गणतन्त्र विफल पार्ने कुनै पनि तत्त्व सफल हुँदैन- प्रभु साह « Khabarhub

गणतन्त्र विफल पार्ने कुनै पनि तत्त्व सफल हुँदैन- प्रभु साह


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले गणतन्त्र विफल पार्ने कुनै पनि तत्त्व सफल हुन नसक्ने बताएका छन् ।

गणतन्त्र दिवस २०७६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष साहले नेपाली समाज अहिले शिशु गणतन्त्रको स्वस्थामा रहेको र गणतन्त्रसहितको नयाँ युगको बाटो आफैमा चुनौतीपूर्ण रहेको बताए । गणतन्त्रलाई अझै जनमुखी बनाउदै यसलाई संस्थागत गर्न गणतन्त्रका लागि लडेका सबै नेपाली लाग्नुपर्ने अध्यक्ष साहको भनाई छ ।

प्रतिगामी तत्त्वहरु गणतन्त्रलाई विकृत बनाएर यसलाई विफल पार्न र समाजलाइ पछाडि पार्न षड्यन्त्र गरिरहेको हुनाले यश रक्षा गर्दै मुलुकलाई समाजवादको बाटोमा डोर्‍याउन अध्यक्ष साहले सबैलाई एकजुट हुन आव्हान गरे ।

राजा फालिएपनि राजतन्त्र कालिन संस्कारबाट प्रभावित हालका जनप्रतिनिधिमा राजाझैं प्रस्तुत भएका कारण जनता निराश भएको र ती कार्यहरु गणतन्त्र विरोधी रहेको बताउदै अध्यक्ष साहले त्यस्ता सोच र संस्कृतिबाट मुक्त हुन सबैलाई ध्यानाकर्षण गराए ।

जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त गणतन्त्रको रक्षा गर्न छोडेर प्रदेश नम्बर २ को सरकारलाई राजाजस्तै विलासी जीवनमा डुब्ने र भ्रस्टाचार बढाउने काम नगर्न अध्यक्ष साहले सचेत गराएका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ९ : १४ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी