८ वर्षीय बालकको अपहरणपछि हत्या गर्नेलाई गोली प्रहार गरी पक्राउ « Khabarhub

८ वर्षीय बालकको अपहरणपछि हत्या गर्नेलाई गोली प्रहार गरी पक्राउ


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पर्सा प्रहरीले ८ वर्षीया बालकलाई अपहरण गरी हत्या गर्ने अभियुक्तलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । वीरगन्ज महानगरपालिका–३ प्रगतिनगरका शम्भु साहका ८ वर्षीय छोराको अपहरणपछि हत्या गर्ने ३ जनालाई प्रहरीले पक्राउ हो ।

बालकको खोजीका लागि प्रदेश नम्बर २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साबाट परिचालन भएको प्रहरीले मंगलबार (जेठ १४ गते) वीरगन्जबाट भारत घर बताउने वीरगन्जको प्रगतिनगरमै डेरा गरी बस्ने वर्ष २१ को विकास शर्मा, बाराको कलैया घर भएका सिकेन्द्र साह तेली र बाराकै खपरताता घर भएका राम विनेश महतोलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका व्यक्तिहरुले बच्चालाई मारेर बाराको कलैया–२५ अन्तर्गत खौराही खोलामा फालेको बताएका थिए । प्रहरीले उनीहरुकै बयानका आधारमा खौराही खोलामा बालकको खोजी शुरु गरेको थियो । बालकको खोजीकै क्रममा पक्राउ परेका तीनैजनाले भाग्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो । प्रहरीको गोली लागेर भारत घर बताउने विकास शर्मा र बाराको कलैया घर भएका सिकेन्द्र साह तेली घाइते भएका छन् ।

कम्मरमुनि गोली लागेका उनीहरुको हाल नारायणी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीका अनुसार अपहरणमा संलगन भारत घर बताउने विकास शर्मा अपहरित बालकका बुवा शम्भु साहका छिमेकी हुन् । उनीहरुबीच यसअघि पटक पटक झगडा हुने गरेको पनि प्रहरीले जनाएको छ ।

आफूसँग झगडा गर्ने शम्भुलाई ‘तह लगाउन’ भन्दै विकासले आफ्ना साथीको मद्दतमा बालकको अपहरण गरेको प्रहरी समक्ष बयान दिएका छन् । प्रहरीका अनुसार शम्भुका ८ वर्षीय छोरा जेठ १० गते बेपत्ता भएका थिए । सोही दिन राति ९ बजेतिर अपरिचित नम्बरबाट ३० लाख रुपैयाँ फिरौती माग गर्दै शम्भुलाई फोन आएपछि बालक अपहरणमा परेको खुलेको थियो ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  १० : ४३ बजे

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा

अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवर्द्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनुपम प्रकृति

कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु

सिरहा – १४ वर्षदेखि अधुरो निर्माणाधीन हुलाकी सडकअन्तर्गत सिरहा र

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ

काठमाडौं – उर्जामन्त्री कुलमान घिसिङ सरकारले काठमाडौँ उपत्यकाभित्र रहेका नदी