प्रकाशको ‘गलबन्दी’ ले जित्यो दर्शकको मन, फ्यानले भने – अञ्जली लजाएको मन पर्‍यो « Khabarhub

प्रकाशको ‘गलबन्दी’ ले जित्यो दर्शकको मन, फ्यानले भने – अञ्जली लजाएको मन पर्‍यो


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही समयअघि प्रकाश सपूतले बजारमा ल्याएको गीत ‘बोल माया’ ले दर्शकको मन जितेको थियो । त्यतिखेर यो गीत सुनेर भावुक नभएका दर्शक/स्रोता कमै थिए । उक्त गीत र भिडियोबाट प्रकाश सपूत, शान्ति श्री परियार र अञ्जली अधिकारीको खुबै तारिफ भयो ।

यतिबेला भने सपूतले उनै कलाकारलाई ल्याएर ‘बोल माया’ को प्रिक्वेलको रुपमा ‘गलबन्दी’ गीत बजारमा ल्याएका छन् । रोधीमा गाइने गीतको झल्को दिने गरी तयार पारिएको यो गीत एकाएक भाइरल भएको छ । गीतलाई सामाजिक सञ्जालमा पनि निकै रुचाएको प्रतिक्रिया आइरहेको छ ।

गीतको भिडियोमा अभिनय गरेका अञ्जली अधिकारी र प्रकाश सपूतको खुबै तारिफ भएको छ । कतिपयले आफू अञ्जलीको फ्यान भएको प्रतिक्रिया दिएका छन् ।

‘एकदमै उत्कृष्ट अभिनय महिला कलाकारको, उनको अभिनय निकै नै दमदार छ, उनको लजाउने अभिनयको म खुलेर तारिफ गर्छु,’ एक प्रयोगकर्ताले युट्युबमा लेखेका छन् । यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘साह्रै मीठो मौलिक गीत, सम्पूर्ण टिमलाई सफलताको शुभकामना ।’

कुम्भ राशी नाम राखेका एक प्रयोगकर्ताले यो गीतमा नेपाली फिल्मको भन्दा स्तरीय स्किृप्ट भएको बताएका छन् । उनले गीत रुचिपूर्ण भएको भन्दै तारिफ गरेका छन् । ‘नेपाली गीत र संगीत दिनप्रतिदिन स्तरीय हुँदै गइरहेका छन्, नेपालीको गर्वको विषय हो,’ एक प्रयोगकर्ताले लेखेका छन् ।

अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘अनि, अञ्जलीको लजाउने अभिनय चाहिँ बबाल के’, अर्का प्रयोगकर्ताले अञ्जलीकै तारिफ गरेर कमेन्ट गरेका छन्, ‘अञ्जली अधिकारीको अभिनयको अमेजिङ, मन पर्‍यो ।’

युट्युबमा यो गीतलाई झण्डै १२ हजार प्रयोगकर्ताले कमेन्ट गरेका छन् । ‘बोल माया’ कै चरित्रलाई आधार बनाएर गीत तयार पारिएको छ । मौलिक गीत भएको भन्दै थुप्रै फ्यानले सकारात्मक प्रतिक्रिया दिएका छन् । यस्तो गीत तयार पारेर सिर्जनशील लोकगीत दिएको भन्दै कतिपयले प्रकाश सपूत र टिमलाई धन्यवाद दिएका छन् ।

गीतमा शान्ती श्री परियार र प्रकाश सपूतको स्वर छ भने संगीत र शब्द प्रकाश सपूतकै छ । यसअघि प्रकाश सपूतले ‘दोहोरी ब्याटल’ लिएर मिश्रित प्रतिक्रिया पाएका थिए ।

यस्तो छ गीतको भिडियो:

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  १ : २६ बजे

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको