पत्नी, मित्र एवं नोकर दुष्ट पनि हुन सक्छन् « Khabarhub

पत्नी, मित्र एवं नोकर दुष्ट पनि हुन सक्छन्


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शास्त्रमा मित्र, पत्नी तथा सेवक तीनै व्यक्तिको महिमा उल्लेख गरिएको छ । तर केही परिस्थितिमा भने यी व्यक्ति समस्याको कारण पनि बन्न सक्छन् । गरुड पुराणमा मित्र, पत्नी र सेवकबारे उल्लेख छ । जो हरेक व्यक्तिको जीवनमा आवश्यक हुन्छ । यद्यपि, उनीहरुको स्वभाव तथा व्यवहार गलत खालको छ भने जीवनमा सुख-शान्ति आउनुको सट्टा त्यसले मानिसलाई बर्बाद पनि गर्न सक्छ ।

दुष्टा भार्या शंठ मित्र भृत्यश्योत्तरदायकः ।
ससर्पे च गृहे भासो मृत्युरेव न संशयः ।।

यो श्लोकको अर्थ हुन्छः दुष्ट स्वभावकी पत्नी, मुर्ख मित्र, ओठे जवाफ फर्काउने नोकर र सर्पको जहाँ बास हुन्छ । त्यस घरमा रहने व्यक्तिको मृत्यु निश्चित हुन्छ । यसमा कुनै शंका छैन ।

मित्रता एक यस्तो सम्बन्ध हो । जसलाई हामी आफै छनौट गर्छौं । यदि मित्र छान्ने कुरामा तपाईं कतै चुक्नु भयो भने जीवन बर्बादको कारण बन्न सक्छ । असल मित्रले तपाईंको समस्यामा जसरी साथ दिन्छ, त्यसैगरी मतलबी मित्रले तपाईंलाई आफ्नो फाइदाका लागि कुनै पनि समस्याा पार्न सक्छ । स्वार्थी मानिसका लागि आफ्नो स्वार्थभन्दा माथि अरु केही हुँदैन ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  १ : ०६ बजे

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक

पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री बानिया

नारायणगढ– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण

चिसो बढेपछि बाँकेमा दाउरा वितरण

नेपालगन्ज– चिसो बढ्दै गएपछि आगो ताप्नका लागि बाँकेका स्थानीय तहले

पाँच महिनामा आठ अर्ब ७७ करोडको खाद्यान्न आयात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै आठ अर्ब ७७ करोड रुपैयाँ मूल्य बराबरको १७