उत्तर कोरियाको अनौठो नियम–यसरी मात्र काट्न पाइन्छ कपाल « Khabarhub

उत्तर कोरियाको अनौठो नियम–यसरी मात्र काट्न पाइन्छ कपाल


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उत्तर कोरिया विचित्र नियम र कानून रहेको मुलुक हो । यहाँको शासनले नागरिकहरुको प्रत्यक्ष जनजीवनलाई नै प्रभावित बनाइरहेको हुन्छ ।

बाहिरी मिडिया तथा अन्तर्राष्ट्रिय समुदायसँग एक्लिएको उत्तर कोरियाका विषयमा यस्ता धेरै कुराहरु छन्, जुन बाहिर आउन सकेका छैनन् ।
यद्यपि केही समयअघि मात्र उत्तर कोरियाली नागरिकले काट्ने कपालका विषयमा अचम्मको खुलासा भएको थियो ।

जसअनुसार उत्तर कोरियालीहरुले हरेक लिंग अनुसार १५–१५ वटा शैलीमा मात्र कपाल काट्न पाउँछन् ।

‘हामी समाजवादी जीवनशैली अनुसार नै हाम्रो कपाल काटौं’ भन्ने उत्तर कोरियाली प्रोपागाण्डा अनुसार उत्तर कोरियाली नागरिकलाई कपाल काट्ने शैलीका १५ वटामात्र विकल्प दिइएको छ ।

उत्तर कोरियाली प्रोपागाण्डा अनुसार कपाल काट्ने शैलीले मानिसको मष्तिष्कमा प्रभाव पार्ने र यसबाट मानिसको बुद्धिमत्ता बढ्ने जनाइएको छ ।

तर, कपाल काटेपनि कपाल रंगाउन भने पाइन्न ।

तैपनि मुलुकका सर्वोच्च नेताका रुपमा किम जोङ उनको कपाल काट्ने शैली भने ती १५ वटा शैलीभन्दा भिन्न छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  १ : १४ बजे

भारतसँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो जिम्बावे

काठमाडौँ – जिम्बावेलाई ७२ रनले पराजित गर्दै भारतले आईसीसी टी–२०

नेपाल– भारत सीमामा गयो भूकम्प

काठमाडौं – नेपाल–भारत सीमामा फेरि भूकम्प गएको छ । बिहीबार

मुद्दा केन्द्रित प्रचार गर्न कांग्रेस उपसभापति शर्माको आग्रह

नवलपरासी – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन प्रचारप्रसारलाई मर्यादित

गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको

बिर्तामोडबाट सवारी साधनसहित रु १० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

झापा – स्थानीय प्रशासनले भन्सार छली गरी ल्याउँदै गरिएका अवस्थामा