पिएम कपः कर्णालीमाथि प्रदेश-२ को सानदार जीत « Khabarhub

पिएम कपः कर्णालीमाथि प्रदेश-२ को सानदार जीत


१५ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री कप क्रिकेट प्रतियागितामा प्रदेश–२ ले सानदार पहिलो जीत हात पारेको छ । मुलपानीस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बुधबार भएको खेलमा कर्णाली प्रदेशलाई प्रदेश-२ ले ९ विकेटले पराजित गर्‍यो ।

टस जितेर पहिले ब्याटिङको निर्णय लिएको कर्णालीविरुद्ध प्रदेश–२ का बलरहरु भारी पर्दा अल आउट हुँदै मात्र ९३ रनको योगफल बनाउन सक्यो । ९४ रनको लक्ष्य पछ्याएको प्रदेश–२ ले १६ ओभरमा १ विकेट गुमाएर ९६ रन बनाउँदै लक्ष्य पुरा गर्‍यो । प्रदेश-२ का लागि ओपनिङ ब्याट्सम्यान हरिशंकर शाहले नटआउट रहँदै ५५ रन बनाए । उनले ६४ बलमा ७ चौकाको मद्दतमा ५५ रन बनाएका हुन् ।

प्रदेश-२ का लागि हसिम अन्सारीले १७ रन बनाउँदा रवि शाहले १६ रन बनाए । प्रदेश-२ विरुद्ध कर्णालीका प्रकाश जैसीले १ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको कणार्लीका लागि प्रकाश जैसीले ३७ रन बनाए भने कप्तान रविन्द्रजंग शाहीले १४ रन मात्र जोड्न सके । बाँकी नौँ जना ब्याट्सम्यानले भने १० रन पनि कटाउन सकेनन् ।

कर्णालीविरुद्ध प्रदेश-२ का कुमार थापाले ३ विकेट लिए भने हरिशंकर शाह, राशिद खान र साम्सद शेखले समान २-२ विकेट लिए । जितसँगै प्रदेश-२ ले अंक तालिकामा २ अंक जोडेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार  २ : ५१ बजे

मेची करिडोरको ठेक्का रद्द

काठमाडौं– मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

क्रिकेटको रोमाञ्चसँगै आर्य फार्माल्याबको स्वास्थ्य साझेदार !

काठमाडौं– आर्य फार्माल्याब र नेपाल क्रिकेट संघ (क्यान) बीच तीन

आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

भोजपुर– आधुनिक सामग्रीको प्रयोग बढ्दै गएपछि भोजपुरका गाउँघरमा परम्परागत काठका

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन– चितवनमा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा