थारु समुदायमा महामारीको रुपमा देखिएको सिकलसेलको जाँच रोकियो | Khabarhub Khabarhub

थारु समुदायमा महामारीको रुपमा देखिएको सिकलसेलको जाँच रोकियो


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– पश्चिम तराईंका थारु समुदायमा महामारीको रुपमा देखिएको सिकलसेल एनिमियाको जाँच रोकिएको छ । नेपालगञ्जस्थित भेरी प्रादेशिक अस्पतालमा भेरी प्रादेशिक अस्पतालमा एचबी इलेक्ट्रोफोरेस नामक सिकलसेल रोग जाच्ने यन्त्र बिग्रिएपछि सो रोगको जाँच रोकिएको छ ।

अस्पतालका इञ्चार्ज डाक्टर रुपानन्द अधिकारीले सिकलसेल रोग जाँच गर्ने उक्त यन्त्रलाई मर्मत गर्न काठमाडौं पठाइएको जानकारी दिए ।

उक्त यन्त्र गत फागुनमै बिग्रिएको थियो । फागुनयता सिकलसेल रोगको जाँच हुन सकेको छैन । सिकलसेल लागेको शङ्कामा जँचाउन आउने बिरामीहरु त्यत्तिकै फर्किने गरेका छन् ।

बिग्रिएको यन्त्रको मर्मत भएर आएपछि रोगको जाँच हुने अस्पतालका इञ्चार्ज अधिकारीले जानकारी दिए । हाल अस्पतालको सामाजिक सेवा एकाइमार्फत ६ सय ६५ सिकलसेलका बिरामीलाई विपन्न नागरिक उपचार निर्देशिकाअनुसार १ लाख रुपैयाँ बराबरको सेवा प्रदान गरिरहेको अधिकारीले बताए ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ३ : २७ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार