थारु समुदायमा महामारीको रुपमा देखिएको सिकलसेलको जाँच रोकियो « Khabarhub

थारु समुदायमा महामारीको रुपमा देखिएको सिकलसेलको जाँच रोकियो


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– पश्चिम तराईंका थारु समुदायमा महामारीको रुपमा देखिएको सिकलसेल एनिमियाको जाँच रोकिएको छ । नेपालगञ्जस्थित भेरी प्रादेशिक अस्पतालमा भेरी प्रादेशिक अस्पतालमा एचबी इलेक्ट्रोफोरेस नामक सिकलसेल रोग जाच्ने यन्त्र बिग्रिएपछि सो रोगको जाँच रोकिएको छ ।

अस्पतालका इञ्चार्ज डाक्टर रुपानन्द अधिकारीले सिकलसेल रोग जाँच गर्ने उक्त यन्त्रलाई मर्मत गर्न काठमाडौं पठाइएको जानकारी दिए ।

उक्त यन्त्र गत फागुनमै बिग्रिएको थियो । फागुनयता सिकलसेल रोगको जाँच हुन सकेको छैन । सिकलसेल लागेको शङ्कामा जँचाउन आउने बिरामीहरु त्यत्तिकै फर्किने गरेका छन् ।

बिग्रिएको यन्त्रको मर्मत भएर आएपछि रोगको जाँच हुने अस्पतालका इञ्चार्ज अधिकारीले जानकारी दिए । हाल अस्पतालको सामाजिक सेवा एकाइमार्फत ६ सय ६५ सिकलसेलका बिरामीलाई विपन्न नागरिक उपचार निर्देशिकाअनुसार १ लाख रुपैयाँ बराबरको सेवा प्रदान गरिरहेको अधिकारीले बताए ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ३ : २७ बजे

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत