मुख्यमन्त्रीहरुसँग एकैपटक छलफल गर्न मिल्ने ‘एक्सन रुम’ को प्रधानमन्त्रीद्वारा शुरुवात | Khabarhub Khabarhub

मुख्यमन्त्रीहरुसँग एकैपटक छलफल गर्न मिल्ने ‘एक्सन रुम’ को प्रधानमन्त्रीद्वारा शुरुवात


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलली ‘एक्सन रुम’ को शुरुवात गरेका छन् ।

सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग र राष्ट्रिय गौरवका आयोजनाहरुको अवस्था हेर्न मिल्ने गरि भिडियो कन्फरेन्स रुमको शुरुवात गरिएको हो । एकै पटक भिडियोबाट छलफल (भिडियो कन्फरेन्स) गर्न मिल्ने व्यवस्थासहितको एक्सन रुमको शुरुवात भएको हो ।

उक्त कक्षबाट एकैपटक छलफल, राष्टिय गौरवका आयोजनाहरुको प्रधानमन्त्रीद्वारा प्रत्यक्ष अनुगमन लगायतका कामलाई सार्थकता दिन सकिने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले ११ वटा राष्ट्रिय गौरवका आयोजनाको काम आफ्नै कार्यालयमा बसेर लाइभ हेर्नेछन् भने सातवटै मुख्यमन्त्रीसँग एकैपटक प्रत्यक्ष छलफल गर्ने छन् ।

यो कक्ष प्रधानमन्त्री कार्यालयमा रहने छ ।

करीब साढे ४ करोड लागतमा निर्माण गर्ने ठेक्का पाएको कम्पनी शास्त्र नेटवर्क सोलुसन्स इङ्क प्रालीले यसको निर्माण गरेको हो ।

प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रत्यक्ष अवलोकन गरेर समस्या पहिल्याउने र आवश्यक निर्देशन दिनेछन् । यसका लागि प्रधानमन्त्री कार्यालयमा रहेको सूचना प्रविधि शाखाले ११ वटा राष्ट्रिय गौरवका आयोजनास्थल पुगेर क्यामेरा जडान गरेको छ ।

यसका साथै प्रधानमन्त्रीले कुनै विषयवस्तु मा ७ वटै प्रदेशका मुख्य मन्त्री वा चाहेको मुख्यमन्त्रीसँग प्रत्यक्ष कुराकानी गर्न सक्ने व्यवस्था गरिएको छ । प्रधानमन्त्री कार्यालयको एक्सन रुममा तीनवटा मोनिटरमा सातवटै प्रदेशका मुख्यमन्त्री एकसाथ देखिनेछन् जहाँ मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीसँग सीधा संवाद गर्न सक्नेछन् ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ३ : ४१ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही