प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार : सञ्चार र विद्युत् सुचारु गर्न उपकरण पठाइयो « Khabarhub

प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार : सञ्चार र विद्युत् सुचारु गर्न उपकरण पठाइयो

बाढी प्रभावित क्षेत्रमा १० वटा हेलिकप्टर उडान


११ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य निरन्तर जारी रहेको जनाएको छ। मन्त्रालयका अनुसार बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार र राहत सामग्री वितरण भइरहेको छ भने हालसम्म करिब १० वटा उडान सम्पन्न भइसकेका छन्।

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा अवरुद्ध सञ्चार सेवा सुदृढ बनाउन जेनेरेटर र सोलार सेटसहितका पोर्टेबल मोबाइल टावरहरू पठाइँदै छ। यसका साथै विद्युत् आपूर्तिका लागि आवश्यक ब्याकअप प्रणालीहरू पनि प्रभावित क्षेत्रतर्फ लगिँदै गरेको मन्त्रालयले जनाएको छ।

प्रभावित क्षेत्रका बासिन्दाका लागि आवश्यक चिकित्सा उपकरण, टेन्ट तथा अन्य अत्यावश्यक राहत सामग्रीहरू यसअघि नै घटनास्थल पठाइसकिएको छ।

सरकारले सबै नागरिकहरूलाई धैर्य, शान्त र संयमित रहन अपिल गरेको छ। साथै, आधिकारिक स्रोतबाट प्राप्त जानकारीमा मात्र विश्वास गर्न र सामाजिक सञ्जाल वा अन्य माध्यमबाट अफवाह नफैलाउन मन्त्रालयले हार्दिक अनुरोध गरेको छ।

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  ९ : ०७ बजे

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका