पिएम कपः दीपेन्द्र र अमित चम्किदा पुलिसको लगातार दोस्रो जीत « Khabarhub

पिएम कपः दीपेन्द्र र अमित चम्किदा पुलिसको लगातार दोस्रो जीत


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङको मद्दतमा नेपाल पुलिस क्लबले प्रदेश–१ लाई ७५ रनले पराजित गरेको छ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश-१ लाई पराजित गरेको पुलिस सेमिफाइनल नजिक पुगेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा प्रदेश-१, ३८ ओभर ३ बलमा सबै विकेट गुमाएर ११० रनमा समेटियो ।

टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले १८६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रदेश-१ का लागि सन्नी पुनले २७, मनिस थापाले १९ र दिपेश कँडेलले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोर अंक बनाउन सकेनन् ।

प्रदेश-१ विरुद्ध राष्ट्रिय टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले ५ विकेट लिए । उनले १० ओभर पूरा बलिङ गर्दै ४ मेडन ओभरसहित २६ रन खर्चेर ५ विकेट लिएका हुन् । यस्तै, ललितनारायण राजवंशीले ३ विकेट लिए । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको पुलिसका लागि अमित श्रेष्ठले उत्कृष्ट ब्याटिङ गर्दै १०६ रन बनाए । उनले ११८ बलमा १५ चौकाको मद्दतमा शतक पूरा गरेका हुन् ।

पुलिसविरुद्ध कमल खत्री, पुष्प थापा, दीपेश कँडेल र सिद्धान्त लोहनीले समान २-२ विकेट लिए । जीतसँगै पुलिसले २ खेलबाट ४ अंक जोडेको छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ४ : ५५ बजे

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा कति सकारात्मक, के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम