रसायनिक मल खरिदमा ५० प्रतिशत अनुदान | Khabarhub Khabarhub

रसायनिक मल खरिदमा ५० प्रतिशत अनुदान


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसायनिक मल खरिदमा दिइँदै आएको अनुदान ५० प्रतिशतले बढाएको छ।  आगामी आर्थिक वर्षको बजेटबाट रासायानिक मल मल खरिदमा दिइँदै आएको अनुदानमा ५० प्रतिशतले वृद्धि गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले घोषणा गरेका छन्।

मल खरिदमा अब ९ अर्ब रुपैयाँ अनुदान उपलब्ध हुनेछ। यसअघि ६ अर्ब रुपैयाँ अनुदान मल खरिदका लागि दिइँदै आएको थियो। यसैगरी उखु किसानलाई अनुदान दिन ९५ करोड रुपैयाँ विनियोजन गरिएको खतिवडाले बताए। सबै प्रदेशमा नमुना औद्योगिक कृषि फार्म स्थापना गर्न प्रोत्साहन गर्ने खतिवडाले बताए।

मध्यम खालका कृषकलाई परियोजना धितोमा नै ऋण दिइने भएको छ। यो ऋण साना किसान विकास बैंकबाट उपलब्ध हुने छ। यसका लागि एक अर्ब छुट्याएको बताएका छन्। कौशी खेतीलाई पनि प्रोत्साहन गर्ने उनले बताए।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ५ : १० बजे

राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित गरिँदै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ ।

वैकल्पिक खेलाडीलाई मौका दिएको दक्षिण अफ्रिकाको जिम्बाबेविरुद्ध सानदार जित

काठमाडौं – दक्षिण अफ्रिकाले जिम्बाबेसँगको टेस्ट खेलमा ३२८ रनको जित

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने