कुन सडकलाई कति पर्‍यो बजेट ? « Khabarhub

कुन सडकलाई कति पर्‍यो बजेट ?


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ —सरकारले विभिन्न सडकहरुको निर्माण र स्तर उन्नतिको लागि बजेट बिनियोजन गरेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार संघीय स‌ंसदमा आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत गर्दै पूर्व-पश्चिम राजमार्गलाई डेडिकेटेड चार लेनको बनाउन काम सुरु गर्ने जनाएका छन् ।

पूर्व-पश्चिम राजमार्गलाई डेडिकेटेड चार लेनको बनाउन १९ अर्ब १८ करोड रुपैयाँ बजेट विनियोजन गरेको उनले संसदमा जानकारी दिए ।

यसका साथै उनले यस्तै मध्यपहाडी लोकमार्गलाई १३ अर्ब २० करोड बजेट छुट्याइएको जानकारी दिए ।

त्यसतैगल्छी त्रिशुली मैलुङ सडकलाई १ अर्ब ५८ करोड, मदन भण्डारी राजमार्गका लागि ४ अर्ब ८२ करोड र बीपी राजमार्गको लागि ९६ करोड बजेट बिनियोजन गरिएको उनले जानकारी दिए ।

टोखा-छहरे सुरुङ मार्गको विस्तृत अध्ययन गरी निर्माण गर्नका लागि बजेट छुट्याइएको अर्थमन्त्रीले संसदलाई जानकारी गराए ।

हरेक निर्वाचन क्षेत्रमा एक रणनीति सडक निर्माण अगाडि बढाइने उनले बजेटमा जानकारी दिए । प्रदेश तथा स्थानीय तहको कार्यक्षेत्रमा रहेका पुलको निर्माण सम्पन्न गरी हस्तान्तरण गरिने बजेट भाषणमा उल्लेख गरिएको छ । त्यसतै २ सय पुल निर्माण गर्न ७ अर्ब ४७ करोड बजेट बिनियोजन गरिएको अर्थमन्त्रीले जानकारी दिए ।

यसका साथै रेल र जल यातायातको लागि१ खर्ब ६३ अर्ब बिनियोजन गरिएको छ । उनले उच्च प्रविधि युक्त आयोजनालाई उपकरण उपलब्ध गराउन पूर्वाधार निर्माण कम्पनी सञ्चालनमा ल्याइने जनाए ।

-काठमाडौ लाई चीन र भारत दुवै तिर जोड्ने गरी २ वर्षभित्र निर्माण सुरु गरिने बजेटमा उल्लेख गरिएको छ । सरकारले निर्माण गर्ने सबै सडक कम्तिमा दुई लेनको हुने बजेटमा उल्लेख गरिएको छ । सडक मर्मतको लागि पेट्रोलियम पदार्थमा १ रुपैयाँ थप कर लगाइने मन्त्री खतिवडाले उल्लेख गरे ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ५ : ४१ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग