कर्मचारीको तलब बढ्यो, कार्यालय सहयोगीको २८ हजार ५६४ र मुख्यसचिबको तलब ६६ हजार ३१० पुग्यो « Khabarhub

कर्मचारीको तलब बढ्यो, कार्यालय सहयोगीको २८ हजार ५६४ र मुख्यसचिबको तलब ६६ हजार ३१० पुग्यो


१५ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी आर्थिक वर्षदेखि लागू हुने गरी सरकारी कर्मचारीको तलब बढेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा कर्मचारीको तलब बढाउने घोषणा गरेको छ ।

बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराजत खतिवडाले राजपत्रअनंकित श्रेणीका कर्मचारीको २० प्रतिशत र राजपत्राकिंत श्रेणीका कर्मचारीको १८ प्रतिशतले तलब बढाइएको बताए ।

अर्थमन्त्री खतिवडाले गरेको घोषणाअनुसार निजामतितर्फ नायब सुब्बासम्मका कर्मचारीको तलब २० प्रतिशतले बढ्ने छ भने शाखा अधिकृतभन्दा माथि सचिवसम्मका कर्मचारीको तलब १८ प्रतिशतले बढ्ने छ ।

अर्थमन्त्री खतिवडाले सरकारी कोषबाट तलब खाने निजामति, सेना, प्रहरी, सशस्त्र प्रहरी गरी सबै कर्मचारीको तलब बढाइएको बताए ।

यस अनुसार अब नयाँ तलबमान अनुसार आधार तलब ३ हजार ४४५ रुपैयाँदेखि ९ हजार ८१० रुपैयाँसम्म बढेको छ। अब बढेको तलब र महँगी भत्तासमेत गरेर कार्यालय सहयोगीले २८ हजार ५६४ रुपैयाँ मासिक पाउने छन् भने मूख्य सचिबले ६६ हजार ३१० रुपैयाँ पाउने भएका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार  ६ : २४ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही