बजेट भाषणपछि नेताहरुको प्रतिक्रिया, कसले के भने ? « Khabarhub

बजेट भाषणपछि नेताहरुको प्रतिक्रिया, कसले के भने ?


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार(आज) संसदमा पेश गरेको बजेटलाईं सत्तापक्षले राम्रो र प्रतिपक्षले प्रचारमुखी भनि टिप्पणी गरेका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुखी नेपाली समृद्ध नेपालको नारा अनुसारको बजेट नआएको प्रतिक्रिया दिएका छन् ।

संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट पेश गरेपछि संसदबाट बाहिरिने क्रममा कांग्रेस सभापति देउवाले बजेट राम्रो आउन नसकेको प्रतिक्रिया दिएका हुन् ।

त्यस्तै कांग्रेसका नेता मिनेन्द्र रिजालले २ सय भन्दा धेरै आन्तरिक ऋण लिने भन्ने वित्तिकै दुई अंकको आर्थिक बृद्धिदर सम्भव नभएको प्रतिक्रिया दिए । ‘सिरानी हालेर बजेट बनाउन गयौं, विप्रेषणको आम्दानीले थेग्दैन’ उनले भने ।

नेता रिजालले अर्थमन्त्री डा. युवराज खतिवडाले राम्रो गर्ने अवसर गुमाएको प्रतिक्रिया दिए । उनले भने,‘अवसर गुमाउनु भयो अर्थमन्त्रीले, अवसर पाउनु भएको थियो । श्रोत र साधनले भ्याएसम्म लोकरिजाइको बजेट राम्रो ल्याउनु भएन ।’

त्यस्तै राजपाका नेता लक्ष्मणलाल कर्णले बजेट लोकप्रिय हुन खोजेको भए पनि त्यस अनुसारको कार्यक्रम नआएको प्रतिक्रिया दिएका छन् । संसदबाट बाहिरिने क्रममा राजपाका नेता कर्णले भने,‘ यो बजेट लोकप्रिय हुन खोजेको हो तर त्यस अनुसार आएन ।’

उनले सरकार केन्द्रीयतामा केन्द्रीत भएको र संघीयता कार्यान्वयन गर्न उदासिन देखिएको कारण बजेट संघीयताको पक्षमा नआएको बताए । ‘जब हामी संघीयतामा पुगेपछि केही मेजर प्राजेक्ट बाहेक सबै कुरा तल दिन सक्दैनौं तबसम्म केही हुदैन ।’

तर सत्तापक्षका सांसदहरुले भने बजेट समग्रमा सकारात्मक आएको प्रतिक्रिया दिएका छन् । नेकपाका नेता भीम रावलले बजेटले आन्तरिक उत्पादनलाई प्राथमिकता दिएको भन्दै यसले अर्थतन्त्रमा सहायता गरेको प्रतिक्रिया दिएका छन् ।

बजेट भाषण सकिएपछि संसदबाट बाहिरिने क्रममा प्रतिक्रिया दिँदै नेकपाका नेता रावलले भने ‘बजेटले आन्तरिक उत्पादनलाई महत्व दिने जुन कुरा गरेको छ, जसले अर्थतन्त्रमा सहायता गर्ने नै छ,‘उनले भने,‘तर कार्यान्वयनको चुनौती छ । आगामी वर्षमा यसलाई कति कार्यान्वयन गर्ने छ, त्यसले यसको सफलता देखाउने छ ।’

तर पिछडिएको क्षेत्रलाई बजेटले प्राथमिकता दिन नसकेको उनको भनाइ थियो । ‘पश्चिम सेतीको बारेमा ठोस कुरा आएन, कर्णाली राजमार्गको कुरा बजेटमा छैन, आर्थिक रुपमा पछि परेका क्षेत्रको बारेमा टिप्पणी गर्न लायक छ ।’

नेकपाका नेतासमेत रहेका पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आर्थिक वर्ष २०७६/७७ को बजेटले धेरै विषयलाई समेट्ने प्रयास गरेको बताए । उनले बजेटले खास बर्ग र समुदायलाई लक्षित गरेको तर्कं गरे । ‘बृद्धहरुको भावनालाई समेट्ने कोशिष बजेटले गरेको छ’ उनले भने ‘बजेटले कर्मचारीको तलब बढाएर समेट्ने कोशिस गरेको छ । निर्वाचन क्षेत्रमा रकम बढाएको छ ।’ तर सबै क्षेत्रलाई ओगट्न पुग्दा चुनौती पनि हुने उनको भनाइ छ ।

बजेटले फास्ट ट्रयाक, विमानस्थललगायतलाई प्राथमिकतामा राखेर छिटो सक्छु भनेको छ । जसलाई प्राथमिकतामा राख्नु पर्ने उनको भनाइ छ । श्रोतहरु विभिन्न क्षेत्रतर्फ छरिने भएका कारण कार्यान्वयनमा समस्या आउँछ कि भन्ने समस्या रहेको उनको भनाइ छ । पैसाको स्रोत बेगर बजेट नआएको उनको भनाइ थियो ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ७ : २३ बजे

आठ विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं– विभिन्न आठ विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि दरखास्त

इलाममा ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

इलाम– भूमि समस्या समाधान आयोग जिल्ला समिति इलाममार्फत भूमिहीन दलित,

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ७६ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा एक हजार ८०६ सवारी चालक सवारी

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा 

गलकोट– नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा गणनाका

यस्तो छ आजको तरकारी तथा फलफूलको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि