मल अभाव र मनसुन नमिल्दा धान उत्पादन ५ प्रतिशतले घट्ने « Khabarhub

मल अभाव र मनसुन नमिल्दा धान उत्पादन ५ प्रतिशतले घट्ने


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मानो रोपेर मुरी फलाउने किसानको महोत्सव धानबाली रोपाइँलाई यस वर्ष न प्रकृतिले साथ दियो, न त सरकारी अनुदानित मलले। यस वर्ष किसान सरकार र प्रकृति दुवैबाट ठगिन बाध्य भएको अन्नपूर्ण पोस्टमा खबर छ

धानबाली रोपाइँकै समयमा न त मनसुनी पानी पूर्ण रूपमा सक्रिय हुन पायो, न त सरकारले किसानलाई चाहिने परिमाणमा समयमा मल नै उपलब्ध गराउन सक्यो। यी दुई नियतिको भुमरीमा किसान पेलिन बाध्य भए। सिँचाइ भएका क्षेत्रका किसानले आइतबार दही–च्युरा खाएर राष्ट्रिय धान दिवस मनाउने तयारी गरेका छन्। नभएका ठाउँमा, उही त हो–पुर्पुरोमा हात।

करिब १० दिन ढिलो गरी सुरु भएको मनसुनी वर्षा सबै क्षेत्रमा एकै रूपले सक्रिय हुन सकेन। कुनै स्थानमा थोर बहुत परेको छ। कुनै स्थानमा मनसुनी पानी नपरेर धानको ब्याडसमेत किसानले राख्न पाएका छैनन्। यसले अघिल्लो वर्षको तुलनामा देशभर धान रोपाइँ प्रभावित भएको छ।

धानको अत्यधिक उत्पादन मध्य र पूर्वी क्षेत्रमा हुन्छ। तर, ती दुवै स्थानमा यस वर्ष औसतभन्दा कम परिमाणमा मनसुनी वर्षा हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसम विज्ञ सुभाष रिमालले मध्य र पूर्वी भेगको धानबालीलाई आवश्यक परिमाणभन्दा कम पानी पर्ने अध्ययनले देखाएको जानकारी दिए।

मनसुनी पानीले मात्रै साथ नदिने हो भने यस वर्ष धानबाली उत्पादनमा ५ प्रतिशत कमी आउने कृषि तथा पशुपक्षी विकास मन्त्रालयको आन्तरिक प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा मौसमका कारण ५ प्रतिशत कम उत्पादन हुने उल्लेख छ। अर्थात् ५६ लाख १० हजार टन हाराहारीमा धान उत्पादन हुने प्रक्षेपण गरिएको छ। समयमा रासायनिक मलसमेत उपलब्ध नहुने हो भने धानबाली उत्पादनमा थप परिमाणमा गिरावट आउने सम्भावना छ।

त्यस्तै पत्रिकाले युरोपमा अचाक्ली गर्मी शीर्षकमा अर्को समाचार छापेको छ।युरोपमा पछिल्लो साता अत्याधिक गर्मीका कारण त्यहाँको जनजीवन कष्टकर बनेको छ । फ्रान्स, इटाली, जर्मनी, चेक रिपब्लिकलगायत मुलुकका थुप्रै सहरमा अचानक तापक्रम बढ्दा केहीले ज्यानसमेत गुमाएका छन् ।

शुक्रबार मध्याह्नसम्म फ्रान्समा ४५ दशमलव ५ डिग्री सेल्सियस तापक्रम पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम हो । फ्रान्समा सन् २००३ मा ४४ दशमलव १ सेल्सियस तापक्रम पुगेको थियो ।

अत्यधिक तापक्रमसँगै फ्रान्समा स्वास्थ्यमन्त्री एग्नेस बुज्यानले ‘सबैजना खतरामा रहेको’ भन्दै गर्मीबाट बच्न सचेत गराएका छन् । फ्रान्सको जलवायु विभागले त दक्षिणी क्षेत्रका चार ठाउँलाई ‘रेड अलर्ट एरिया’ नै घोषणा गरेको छ ।

मन्त्रीको अडानले अन्योलमा समिति शीर्षकको समाचारमा कम्पनीको सेयर खरिदबिक्री प्रक्रियाका लागि मन्त्रीले कम्पनी रजिस्ट्रार कार्यालयलाई निर्देशन दिएकामा संसदीय समितिले चासो लिएको छ। यसबारे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका पदाधिकारीबीच शुक्रबार जुहारी चलेको छ।

समिति भने मन्त्री यादव अडानमा रहेपछि के गर्ने भनेर अन्योलमा परेको छ। मन्त्री यादव जवाफ दिएर फर्किएपछि पनि केही बेर बसेको समिति बैठक यो विषयमा निष्कर्षविहीन बन्यो। ‘हामीले मन्त्रीको कुरा सुन्यौं’, समिति सभापति रामनारायण बिडारीले भने, ‘निर्णय अर्को बैठकमा गर्ने भनेका छौं।’ तर, बैठकको मिति तोकिएको छैन।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ६ : ५१ बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको