१३ सय डाक्टर बिरामी जाँच्न अयोग्य : ९ पटक फेल भएका डाक्टर आन्दोलनमा « Khabarhub

१३ सय डाक्टर बिरामी जाँच्न अयोग्य : ९ पटक फेल भएका डाक्टर आन्दोलनमा


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-एमबिबिएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न भने अयोग्य छन्। नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स (नाम दर्ता) परीक्षामा फेल हुँदा उनीहरू अयोग्य ठहरिएको नयाँ पत्रिकामा खबर छ । लगातार ३६ पटकसम्म फेल भएका डाक्टर पनि छन्। विश्वविद्यालयबाट हुने परीक्षा उत्तीर्ण भए पनि बिरामी जाँच्ने वैधानिकता लिन काउन्सिलले लिने लाइसेन्स परीक्षा पास हुनैपर्छ। काउन्सिल स्रोतका अनुसार फेल हुने अधिकांश बंगलादेशमा अध्ययन गरेर आएकाहरू छन्।

काउन्सिलले भने १० पटकसम्म निरन्तर फेल भएपछि लाइसेन्स परीक्षामा सामेल नै हुन नपाउने नियम बनाएर स्वास्थ्य मन्त्रालयमा पठाएको छ। तर, मन्त्रालयमा फाइल अड्किएको छ। यो नियम पास भयो भने १३ सयमध्ये सबैजसो डाक्टर लाइसेन्स परीक्षामा सहभागी हुन पाउँदैनन्। ‘यो नियम पास भए अहिले आन्दोलनमा आउने सबै डाक्टर परीक्षा दिन अयोग्य ठहरिनेछन्,’ काउन्सिल स्रोतले भन्यो।

पटक–पटक फेल भएका डाक्टरहरू लाइसेन्सको माग गर्दै आन्दोलनमा उत्रिएका छन्। उनीहरूले बिहीबार स्वास्थ्य मन्त्रालय र शुक्रबार मेडिकल काउन्सिलमा ज्ञापनपत्रसमेत बुझाएका छन्। यो आन्दोलनको अगुवाइ डा. राम थापा क्षेत्रीले गरेका छन्। काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले बंगलादेश पढेर आएका क्षेत्री लाइसेन्स परीक्षामा नौपटकसम्म फेल भएको बताए। क्षेत्री नेतृत्वको आन्दोलनमा ३६ पटकसम्म फेल भएकासमेत रहेको उनले बताए। सबै १३ सय डाक्टरलाई लाइसेन्स दिलाउन उनीहरूको माग छ।

बंगलादेशमा पढेर आएका, तर लाइसेन्स परीक्षामा असफल भएकाहरूले आन्दोलनका लागि चिकित्सक संघ गठन गर्ने अभियानसमेत अघि बढाएका थिए। तर, स्वास्थ्य मन्त्रालयले रोकेको थियो। काउन्सिलका कार्यबाहक अध्यक्ष डा. नारायणबहादुर थापाले विज्ञहरूसँग छलफल गरेर सहजीकरण गर्न सकिने बताए।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ७ : १२ बजे

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

काठमाडौं– चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता भएका

विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला

काठमाडौं– प्युठानको स्वर्गद्वारी नगरपालिका-७ भैँसेलोटे बस्ने ३० वर्षीय झक बहादुर बुढा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

मोरङ– विराटनगर महानगरपालिका-११ जनपथ टोलस्थित सडकमा प्र-१-०२-०५७ प २२०३ नम्बरको मोटरसाइकल र

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

मोरङ– १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मिक्लाजुङ गाउँपालिका-१ कोलबोटे बस्ने

चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

चितवन– माडी नगरपालिका-२ ढिकोन टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १३ ट्याब्लेट