मुखमा घाउ आएको छ ? सावधानी अपनाउनुहोस्, खानपानमा ध्यान दिनुहोस् « Khabarhub

मुखमा घाउ आएको छ ? सावधानी अपनाउनुहोस्, खानपानमा ध्यान दिनुहोस्


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अहिले गर्मीको मौसम छ । त्यसैले पनि मानिसको शरीरमा विभिन्न संक्रमणहरु हुने गर्दछन् । त्यहीमध्येको एक मुखमा हुने संक्रमण अर्थात घाउ हो ।

मुखको वरिपरी आउने यस्ता साना विमिरा जस्ता घाउ सामान्य जस्तो देखिएपनि धेरै पीडा दिने हुन्छन । यस्ता घाउको समस्याले सताएको छ भने त्यसबाट मुक्ति पाउन अपनाउनुपर्ने उपाय पढ्नुहोस् ।
– यस्तो घाउ शरीरमा भिटामिन बी कम्प्लेक्सको मात्रा कम हुँदा आउने गर्छ । त्यसैले भिटामिन बी कम्प्लेक्स भएका परिकार खानपानमा ध्यान दिनुहोस् ।
– मुखको सरसफाइमा पनि उचित ध्यान दिनुहोस । खानेकुरा खाएपछि मुख कुल्ला गर्नुपर्छ ।
– यस्ता घाउ प्राय: ७ दिनमा निको हुने प्रकृतिका हुन्छन् । बढी जसो जथाभावी खाना खाँदा आउने भएकाले खानामा नियन्त्रण गर्न जरुरी छ ।
– मुखमा घाउ छ भने त्यस्तो अवास्थ्य चिल्लो र पिरो खान कम गर्नुपर्छ ।
– घाउ भएमा पानी तथा झोलीय पदार्थ बढी मात्रामा पिउनुपर्छ ।
– दिनहुँ जसो मनतातो नुनपानीले बारम्बार कुल्ला गर्ने बानी बसाल्नुपर्छ ।
-मुखमा घाउ भएको ठाउँमा मह लपक्कसँग लगाउने जसले गर्दा उक्त घाउमा राहत मिल्दछ ।
-नियमित रूपमा बदाम भिजाएर खाने गर्नुपर्छ।
– मुखमा घाउ आएको बेला हरियो सागपात तथा फलफुलहरू मजाले चपाएर खानुपर्दछ ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ८ : १० बजे

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो

माटोको ढिस्कोले पुरिँदा एक मजदूरको मृत्यु, एक घाइते

दाङ – लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम

उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं–३ बाट उम्मेदवार बन्ने

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन

फ्ल्यागशिपस्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं- विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५