प्रयोग गर्न नजाने परफ्युमबाट असरैअसर, थाहा पाउनुहोस कसरी प्रयोग गर्ने | Khabarhub Khabarhub

प्रयोग गर्न नजाने परफ्युमबाट असरैअसर, थाहा पाउनुहोस कसरी प्रयोग गर्ने


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-शरीरबाट आउने पसिनाले दुर्गन्धित बन्ने शरीरलाई सुगन्ध भर्न प्रयोग गरिने परफ्युम प्रयोगमा ध्यान नदिए त्यसले हामीलाई फाइदाको साटो घाटामात्र पुर्‍याउने गर्दछ ।

परफ्युमले मानिसलाई गन्धरहित बनाएपनि यसको जथाभावी प्रयोगले शरीरमा असर गर्न सक्छ । त्यसैले बेलैमा सचेत हुन आवश्यक छ ।

हातमा लगाएर रगडेर परफ्युमको प्रयोग गर्दा बास्नामा कमी आउनका साथै लामो समयसम्म नटिक्न सक्छ । त्यसैले यो काममा सावधानी अपनाउन जरुरी छ । त्यस्तै कपडा र गहनामा परफ्युम लगाउने गर्नु भएको छ भने आजैबाट त्यो बानी सुधार गर्नुहोस् । कपडा वा गहनामा परफ्युमको प्रयोग गर्नाले त्यसले सुगन्धको ठाउँमा दुर्गन्ध बढाउँछ अनि कपडा र गहना नै बिग्रन्छ ।

परफ्युमको प्रयोग काखीमुनि नगर्नु नै राम्रो मानिन्छ । प्रयोग भएमा एलर्जी हुने, चिलाउने र पोल्ने समस्या उत्पन्न हुन्छ । कानको पछाडि परफ्युमको प्रयोग गर्दा पनि समस्या हुने गरेको पाइएको छ । परफ्युममा भएको केमिकल र अल्कोहलले छालालाई झनै धेरै सुख्खा बनाउँछ । जसले कानमा समस्या देखिन सक्छ ।

त्यसैगरि कपालमा परफ्युमको प्रयोग भए झर्ने सम्भावना बढ्ने गरेको छ । कतिपय मानिसहरूले कपालमा पनि परफ्युमको प्रयोग गर्ने गर्छन् तर यस्तो गर्नु कपालको लागि खतरनाक साबित हुन सक्दछ । परफ्युममा अल्कोहल मिसिएको हुन्छ जसको प्रयोगले कपाल सुख्खा हुने र टुक्रिने गदछ ।

त्यसैले शरीरलाई वास्नादार बनाउनका लागि प्रयोग गरिने परफ्युममा ध्यान दिएर शरीरका संवेदशील अंगमा यसको प्रयोग गर्नु हुँदैन ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ८ : ३६ बजे

अखाद्य तरकारी र फलफूलको आयात रोक्न माग

झापा– मेची उद्योग वाणिज्य संघले भारतबाट आयातित अखाद्य तथा गुणस्तरहीन

कोशी प्रदेश सभामा संकल्प प्रस्ताव पेश

विराटनगर- कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ । नेकपा एमाले

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन 

चौतारा– चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा

अवैध लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं– महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

झापामा तीन लाख बराबरको धनमाल चोरी

झापा– झापामा तीन लाख बराबरको धनमाल चोरी भएको छ ।