'परराष्ट्र सम्बन्ध समग्र मुलुकको साझा सरोकारको विषय हो' | Khabarhub Khabarhub

‘परराष्ट्र सम्बन्ध समग्र मुलुकको साझा सरोकारको विषय हो’


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र सम्बन्ध समग्र मुलुकको साझा सरोकारको विषय भएको चर्चा गर्दै राष्ट्रिय सहमति र समान अवधारणाका साथ परराष्ट्र नीति सञ्चालन गर्नुपर्ने बताएका छन् ।

मुलुकको परराष्ट्र नीतिका प्राथमिकताहरूलाई समयानुकूल समायोजन गर्ने र परराष्ट्र नीतिका मूलभूत विषयहरूमा देशभित्र साझा, व्यवहारपरक एवं स्पष्ट दृष्टिकोण तयार पार्ने उद्देश्यले आज राजधानीमा आयोजित ‘परराष्ट्र नीति सम्बन्धमा राष्ट्रिय संवाद’ विषयको छलफलमा प्रधानमन्त्री ओलीले विदेश नीतिमा सबै दलको मतैक्यता हुनुपर्ने बताए ।

‘मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्दै सार्वभौमिक समानताका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गरी विश्व समुदायमा राष्ट्रिय सम्मानको अभिवृद्धि गर्नेतर्फ हाम्रो विदेश नीति केन्द्रित छ,’ प्रधानमन्त्रीले भने ।

नेपाली जनतामा सार्वभौमसत्ता सम्पूर्णरुपमा आइसकेको अहिलेको अवस्थामा देशको आर्थिक–सामाजिक उन्नयनतर्फ अग्रसर वर्तमान सरकार राजनीतिक उपलब्धिको संरक्षण तथा सुशासन र विकासका निम्ति लागिपरेको उनले बताए ।

‘राष्ट्रलाई विकास-निर्माणको बाटोमा डोर्‍याउन हाम्रा एक्ला प्रयास पर्याप्त छैनन्, मित्रहरूको साथ र सहयोग चाहिन्छ, बाह्य लगानी एवं प्रविधि भित्र्याएर लक्ष्य हासिल गर्न सकिन्छ,’ प्रधानमन्त्रीले भने ।‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आवश्यक पर्ने बाह्य सहायताको महत्व दर्शाउँदै उनले अनुदान र ऋण नभई लगानी ल्याउन देशको कूटनीति परिलक्षित हुनुपर्नेमा जोड दिए ।

नेपालका आवश्यकता र प्राथमिकताका क्षेत्रमा लगानी आकर्षण गर्नु अपरिहार्य भएको विचार व्यक्त गर्दै प्रधानमन्त्री ओलीले परराष्ट्र नीतिको केन्द्रमा राष्ट्रिय हित रहेको तथा संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिको मान्यताको नेपालले पूर्ण परिपालना गरिरहेको बताए । उनले अन्य देशले पनि त्यसै गरुन् भन्ने चाहेको पनि बताए ।

राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, खेलकूदलगायत कूटनीतिका विविध विधाको चर्चा गर्दै उनले आफ्ना मालसामान र उत्पादनको बिक्री बढाउन गरिने अस्वस्थ प्रतिस्पर्धाको विपक्षमा नेपाल रहेको उनको कथन थियो ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  १ : ३५ बजे

एकीकृत समाजवादी र माओवादीबीच एकता टुङ्गिएको छैन : दामोदर अर्याल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य तथा केन्द्रीय प्रचार

खर्च कटौतीका लागि मन्त्रालयको संख्या घटाउँदैछौँ: मुख्यमन्त्री बानियाँ

काठमाडौँ- बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले खर्च कटौतीका लागि

मोटरसाइकल दुर्घटनामा कृषि परियोजना एकाइ पोखराका प्रमुख लम्सालको मृत्यु

स्याङ्जा – आज पुतलीबजार नगरपालिका–१४ आमडाँडामा मोटरसाइकल दुर्घटना हुँदा सोही

१० लाख मूल्य बढीका सामान बरामद

रुपन्देही- जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको टोलीले साढे १०

कुश्मामा भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा ६ जना घाइते

पर्वत – मध्यपहाडी राजमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–४ छमर्केमा आज दिउँसो