शाहिदको चलचित्र ‘कबिर सिंह’ ब्लकबस्टर बन्न सफल, हप्ता दिनको कमाइ डेढ सय करोड « Khabarhub

शाहिदको चलचित्र ‘कबिर सिंह’ ब्लकबस्टर बन्न सफल, हप्ता दिनको कमाइ डेढ सय करोड


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बलिउड अभिनेता शाहिद कपुर र नायिका कायारा आड्वानी स्टारर चलचित्र ‘कबिर सिंह’ ले बक्स अफिसमा एक हप्ता पूरा गर्दा डेढ सय करोड हाराहारीको कमाइ गरेको छ । चलचित्र रिलिज भएको आठौँ दिनसम्ममा यो चलचित्रले बक्स अफिसमा १ सय ४६ दशमलब ६३ करोडभन्दा बढी कमाइ गरेको छ ।

सन्दीप वांगाको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रले हलमा लागेको हप्ता दिन बित्दा हाउसफूल बिजनेस गरिरहेको छ । शाहिद कपुरको चलचित्र करियरमा अहिलेसम्मकै उच्च कमाइ गर्ने यो नै पहिलो चलचित्र बन्न पुगेको छ । यो चलचित्रले रिलिज भएको पहिलो दिनमै २०.२१ करोड कमाई गरेको थियो ।

चलचित्र विश्लेषक तरण आदर्शले यो चलचित्रले दुई हप्तामा २ सय करोडको व्यापार सहज रुपमा गर्न सक्ने भन्दै ट्वीट गरेका छन् । यो चलचित्रलाई उनले ब्लकबस्टर घोषित गरेका छन् ।

पहिलो दिनमै ठूलो कमाइ गर्नेमा कबिर सिंह यो वर्षकै चौथो हिन्दी चलचित्र बनेको छ । तेलुगु चलचित्र अर्जुन रेड्डीको रिमेक यस चलचित्रले युवा जमातको मन जित्न सफल भएको छ । अर्जुन रेड्डीलाई पनि निर्देशक सन्दीप वांगाले नै निर्देशन गरेका थिए । प्रेममा दिवानी बनेका युवक कबिर सिंहको कथामा बनेको यस चलचित्रमा शाहिद कपुरले प्रशंसनीय काम गरेका छन् ।

यो चलचित्र भारतका ३ हजार १२३ स्क्रिन र भारतबाहेक विश्वका ४९३ स्क्रिनमा प्रदर्शन भइरहेको छ ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ४ : ४० बजे

जापानमा विपक्षी दलको संयुक्त मोर्चा

एजेन्सी– जापानका दुई प्रमुख विपक्षी दलले प्रधानमन्त्री साने ताकाइचीको सत्तारूढ

खड्का निवासमा कांग्रेस नेताहरूको अधिवक्तासँग परामर्श

काठमाडौं– नेपाली कांग्रेसका नेताहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हात्तिगौडा निवासमा

हायर बन्यो विश्वकै नम्बर १ होम एप्लायन्स ब्रान्ड

काठमाडौं– विश्वप्रसिद्ध होम एप्लायन्स ब्राण्ड ‘हायर’ विश्वको नम्बर १ ब्राण्ड

ग्रिनल्यान्डमा नाटो तैनाथीप्रति रुसको गम्भीर चिन्ता

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कब्जा गर्ने चेतावनी दिँदै

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको