पैतिस किलो गाँजासहित दुई जना पक्राउ « Khabarhub

पैतिस किलो गाँजासहित दुई जना पक्राउ


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– लागुऔषध ओसारपसारमा संलग्न भएको अभियोगमा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । बहुदरमाई नगरपालिका–५ बर्वा टोलमा ३५ किलोग्राम गाँजासहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

नियमित जाँचका क्रममा नगरपालिकाको भौराटार निवासी वर्ष ५५ का मदन साह र भारत बिहारको समस्तीपुर निवासी वर्ष ३५ का आनन्दी महतोको साथबाट उक्त परिमाणमा गाँजा बरामद भएपछि आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अन्नतराम शर्माले जानकारी दिए ।

उनले नेपालबाट खरीद गरिएको गाँजा भारत तर्फ लैजाने क्रममा दुई जनालाई पक्राउ गरिएको बताए । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि लागुऔषध मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ५ : ५७ बजे

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ– कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार

स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा

पर्वत– लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वतको एकमात्र

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर– ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा