पैतिस किलो गाँजासहित दुई जना पक्राउ « Khabarhub

पैतिस किलो गाँजासहित दुई जना पक्राउ


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– लागुऔषध ओसारपसारमा संलग्न भएको अभियोगमा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । बहुदरमाई नगरपालिका–५ बर्वा टोलमा ३५ किलोग्राम गाँजासहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

नियमित जाँचका क्रममा नगरपालिकाको भौराटार निवासी वर्ष ५५ का मदन साह र भारत बिहारको समस्तीपुर निवासी वर्ष ३५ का आनन्दी महतोको साथबाट उक्त परिमाणमा गाँजा बरामद भएपछि आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अन्नतराम शर्माले जानकारी दिए ।

उनले नेपालबाट खरीद गरिएको गाँजा भारत तर्फ लैजाने क्रममा दुई जनालाई पक्राउ गरिएको बताए । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि लागुऔषध मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ५ : ५७ बजे

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय