यस्ता ८ गल्ती जसले बढाउछ ब्लड प्रेसर « Khabarhub

यस्ता ८ गल्ती जसले बढाउछ ब्लड प्रेसर


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उच्च रक्तचाप अहिले विश्वव्यापी समस्या बन्दै गएको छ । उच्च रक्तचापका कारण करीब ७५ लाख मानिसको बर्सेनी ज्यान जाने गरेको छ ।

उच्च रक्तचाप मुटु सम्बन्धी रोगको प्रमुख कारण मध्येको एक हो । यसका कारण शरीरको रक्त सञ्चारमा पनि असर पर्छ । यसका कारण स्ट्रोक हुने सम्भावना पनि बढी रहन्छ ।

जसका कारण रक्त चापबारे बेलाबेलामा जानकारी लिइरन आवश्यक हुन जान्छ । तर नियमित चेक जाँचकाका क्रममा केही गल्ती हुँदा पनि कहिले काँही समस्या उत्पन्न हुन जान्छ ।

त्यसैले यस्तो बेलामा केही कुरामा ध्यान दिन जरुरी हुन्छ ।

रक्तचाप नापिरहेका बेला बोलिरह्यो भने वास्तविक भन्दा धेरै देखिन्छ । रक्तचाप नाप्दै गर्दा मौन बस्नु उपयुक्त हुन्छ ।

रक्तचाप नाप्ने मेसिन सिग्मोमेनोमिटरको कफ बिपी कफ सर्ट वा लगाएको लुगाको बाहुला माथिबाट बाँधिएको छ भने रक्तचापको सही नाप आउँदैन । बिपी कफले रक्त चाप नापिने व्यक्तिको छालालाई छुनु पर्छ ।

बिपी कफ लगाएपछि हात झुण्ड्याउन वा माथि उठाउन हुँदैन । बाँधिएको कफ मुटुको समानान्तर हुने गरी हातको पोजिसन मिलाउनु पर्छ ।

रक्तचाप लिँदै गर्दाको बसाईले पनि नतिजालाई प्रभावित गर्छ । निहुरी परेर होइन सीधा हुने गरी बस्नु पर्छ ।

खुट्टाको पोजिसनले पनि रक्तचापलाई प्रभावित पार्छ, रक्तचाप जाँच भइरहेका बेला खुट्टा खप्ट्याएर बस्नु हुँदैन । दुवै खुट्टा स्वतन्त्र हुनु पर्छ । खुट्टा जमिन वा बसेको स्टुलको टेक्ने ठाउँमा आड लागेको हुनुपर्छ ।

कतैबाट छिटो आएको बेलामा वा कुदेर आएको समयमा प्रेसर ननापेर एकक्षण आराम गर्न जरुरी हुन्छ । तत्कालै नापियो भने बढी देखिने सम्भावना हुन्छ ।

पिसाबले च्यापेका बेला पनि रक्तचाप नाप्नु हुँदैन । पिसाब लागेका बेला रक्तचाप नापेमा बढी देखिन्छ । रक्तचाप नाप्नुअघि पिसाब गर्नुपर्छ ।

बिपी कफको आकार सोनो भएमा पनि रक्तचाप सही आउँदैन । बिपी कफ रक्तचाप जाँच गर्ने व्यक्तिको पाखुरामा नमिल्ने सानो वा साँघुरो भएमा रक्तचाप बढी देखिन्छ ।

त्यसैले बिपी कफ मिल्ने खालको हुनु पर्छ । आफूलाई सानो भए जस्तो लागेमा मिल्ने बिपी कफ ल्याउनका लागि डाक्टर वा नर्ससँग आग्रह गर्न हिचकिचाउनु हुँदैन ।

एजेन्सी

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ६ : ११ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का