यस्ता ८ गल्ती जसले बढाउछ ब्लड प्रेसर « Khabarhub

यस्ता ८ गल्ती जसले बढाउछ ब्लड प्रेसर


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उच्च रक्तचाप अहिले विश्वव्यापी समस्या बन्दै गएको छ । उच्च रक्तचापका कारण करीब ७५ लाख मानिसको बर्सेनी ज्यान जाने गरेको छ ।

उच्च रक्तचाप मुटु सम्बन्धी रोगको प्रमुख कारण मध्येको एक हो । यसका कारण शरीरको रक्त सञ्चारमा पनि असर पर्छ । यसका कारण स्ट्रोक हुने सम्भावना पनि बढी रहन्छ ।

जसका कारण रक्त चापबारे बेलाबेलामा जानकारी लिइरन आवश्यक हुन जान्छ । तर नियमित चेक जाँचकाका क्रममा केही गल्ती हुँदा पनि कहिले काँही समस्या उत्पन्न हुन जान्छ ।

त्यसैले यस्तो बेलामा केही कुरामा ध्यान दिन जरुरी हुन्छ ।

रक्तचाप नापिरहेका बेला बोलिरह्यो भने वास्तविक भन्दा धेरै देखिन्छ । रक्तचाप नाप्दै गर्दा मौन बस्नु उपयुक्त हुन्छ ।

रक्तचाप नाप्ने मेसिन सिग्मोमेनोमिटरको कफ बिपी कफ सर्ट वा लगाएको लुगाको बाहुला माथिबाट बाँधिएको छ भने रक्तचापको सही नाप आउँदैन । बिपी कफले रक्त चाप नापिने व्यक्तिको छालालाई छुनु पर्छ ।

बिपी कफ लगाएपछि हात झुण्ड्याउन वा माथि उठाउन हुँदैन । बाँधिएको कफ मुटुको समानान्तर हुने गरी हातको पोजिसन मिलाउनु पर्छ ।

रक्तचाप लिँदै गर्दाको बसाईले पनि नतिजालाई प्रभावित गर्छ । निहुरी परेर होइन सीधा हुने गरी बस्नु पर्छ ।

खुट्टाको पोजिसनले पनि रक्तचापलाई प्रभावित पार्छ, रक्तचाप जाँच भइरहेका बेला खुट्टा खप्ट्याएर बस्नु हुँदैन । दुवै खुट्टा स्वतन्त्र हुनु पर्छ । खुट्टा जमिन वा बसेको स्टुलको टेक्ने ठाउँमा आड लागेको हुनुपर्छ ।

कतैबाट छिटो आएको बेलामा वा कुदेर आएको समयमा प्रेसर ननापेर एकक्षण आराम गर्न जरुरी हुन्छ । तत्कालै नापियो भने बढी देखिने सम्भावना हुन्छ ।

पिसाबले च्यापेका बेला पनि रक्तचाप नाप्नु हुँदैन । पिसाब लागेका बेला रक्तचाप नापेमा बढी देखिन्छ । रक्तचाप नाप्नुअघि पिसाब गर्नुपर्छ ।

बिपी कफको आकार सोनो भएमा पनि रक्तचाप सही आउँदैन । बिपी कफ रक्तचाप जाँच गर्ने व्यक्तिको पाखुरामा नमिल्ने सानो वा साँघुरो भएमा रक्तचाप बढी देखिन्छ ।

त्यसैले बिपी कफ मिल्ने खालको हुनु पर्छ । आफूलाई सानो भए जस्तो लागेमा मिल्ने बिपी कफ ल्याउनका लागि डाक्टर वा नर्ससँग आग्रह गर्न हिचकिचाउनु हुँदैन ।

एजेन्सी

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ६ : ११ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट