सेनाले एकै दिनमा रोप्यो ३८ हजार बिरुवा « Khabarhub

सेनाले एकै दिनमा रोप्यो ३८ हजार बिरुवा


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले आज एकै दिन करीब ३८ हजार बिरुवा रोपेको छ । नेपाली सेनाले यही वर्षायामभित्रै मुलुकका विभिन्न स्थानमा एक लाख ५० हजार बिरुवा रोप्ने अभियान शुक्रबारदेखि शुरु गरेकोमा आज एकै दिन त्यतिका सङ्ख्यामा बिरुवा रोपिएको हो ।

राष्ट्रिय वृक्षरोपण दिवसलाई सघाउने नेपाली सेनाको अभियानअन्तर्गत प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित गल्फ कोर्ससहित काभ्रेको भकुण्डेबेँसी, महोत्तरीको बर्दिवास र चितवनको शक्तिखोरमा पुगेर सेनाका व्यारेक परिसरमा उक्त अभियानअन्तर्गत विभिन्न जातका बिरुवा रोपे ।

सेनाले ‘एक जवान एक रुख’ (फलफूलको बोटसहित) रोपण अभियान सैनिक मुख्यालय जङ्गीअड्डाबाट शुक्रबार शुरु गरेको थियो । शुक्रबार सेनाले त्यहाँ २५० फलफूलका बिरुवा रोपेको थियो ।

सरकारको ‘एक नेपाली एक फलफूलको बिरुवा’ रोपण कार्यक्रमलाई सहयोग पुर्‍याउने हेतुले सेनाले उक्त अभियान प्रारम्भ गरेको प्रधानसेनापति थापाले बताए । अभियानका क्रममा विभिन्न जातका स्थानीय हावापानी सुहाउँदो फलफूलका साथै अरु विभिन्न जातका बिरुवा रोप्ने मात्र नभई संरक्षण पनि गर्ने नीति सेनाले लिएको छ ।

आज अपराह्नसम्म सेनाका विभिन्न व्यारेकमा आँप, लिची, कागती, सुन्तला, शीतलचिनीलगायतका फलफूलका साथै विभिन्न करीब ३८ हजार बिरुवा रोपिएको नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले जानकारी दिए ।

उक्त अभियानलाई सफल तुल्याउन सेनाले स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समन्वय र सहकार्य गर्ने गरेको छ । अभियानका क्रममा सबै पृतना, बाहिनी, गण र गुल्मका परिसरमा वृक्षरोपण गरिनेछ ।

आज नेपाली सेनाले गरेको वृक्षरोपण कार्यक्रममा रक्षासचिव रेश्मीराज पाण्डे, वलाक्ष्यक्षरथी गौरव तन्डुल, उपरथी प्रभुराम शर्मा, उपरथी अनन्त कार्की, प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव विनोदबहादुर कुँवर, सहायकरथी प्रेम शाहीलगायत वरिष्ठ सैनिक अधिकारीले भाग लिएका थिए ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ६ : २० बजे

रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान 

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ

चिकित्सकहरू थप रणनीति बनाउँदै (तस्बिरहरू)

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको कुटपिटको विरोधमा आन्दोलनरत चिकित्सक थप रणनीति

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो- दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए

कप्तानगञ्ज घटना : छानबिन समिति घटनास्थल पुग्यो, प्रशासनमा छलफल जारी

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा भएको घटना छानबिनका लागि गठन भएको समिति

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि