सरकारले राम्रो काम गरेको छ– प्रधानमन्त्री ओली « Khabarhub

सरकारले राम्रो काम गरेको छ– प्रधानमन्त्री ओली


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले असार मसान्त भित्र पार्टी एकीकरणको सम्पूर्ण कार्य सम्पन्न हुने बताएका छन् ।

मदन भण्डारीको ६८ जन्मजयन्तीको अवसरमा शनिबार राजधानीको राष्ट्रियसभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पाटी एकतामा केही अलमल भएपनि निरास हुने अवस्था नरहेको बताएका हुन् ।

एकतामा भएको ढिलाईबाट केही आंशका उब्जिएको र त्यसैलाई लिएर खिसिट्युरी हुने गरेको उल्लेख गर्दै उनले चालु आर्थिक बर्षको समाप्तिसंगै एकीकरणका काम पनि पुरा हुने दाबी गरे ।

प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गर्दे आएको र आगामी आर्थिक बर्षमा नयाँ उत्साहका साथ अघि बढ्ने स्पष्ट पारे ।

“सरकारले राम्रो काम गरेको छ । सरकार आफ्ना महान उद्देश्यमा दृढ छ । लोकतन्त्रको रक्षा गर्ने कुरामा , लोकतन्त्र सुदृढ गर्ने कुरामा, लोकतन्त्र कार्यान्वयन गर्ने कुरामा र लोकतन्त्रका व्यापक उद्देश्यहरु साकार पार्ने कुरामा । देशमा शुसासन र विकास हासिल गर्ने कुरामा” ओलीले भने ।

आफुहरुले सरकार माथि जबरजस्ती विश्वास गर नभन्ने भन्दै ओलीले सरकारले गरेका कामहरुको मुल्यांकन गर्न सबैमा आग्रह गरे । ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ६ : २६ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)