यसरी पाउन सकिन्छ जापानको पीआर ? « Khabarhub

यसरी पाउन सकिन्छ जापानको पीआर ?


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अध्ययन, रोजगारी तथा भ्रमणका लागि हरेक वर्ष हजारौं नेपालीहरु जापान जाने गरेका छन् ।

सम्पन्न मुलुक र संस्कृतिमा समृद्ध मानिने जापान जानु नेपालीमात्र होइन विश्वभरका मानिसको सपना हुने गरेको छ । तर, जापानको स्थायी बसोबास अनुमतिपत्र पीआर कसरी पाउने भन्ने जिज्ञासा हुनसक्छ ।

‘एईजुकेन’ भनिने जापानको पीआर भएमा त्यहाँ आफ्नो भिसा नवीकरण गरिरहनु पर्दैन भने रोजगारदाता वा प्रायोजकको भर पनि परिरहनु पर्दैन । त्यस्तै पीआर भएकाले गर्ने काममा पनि कुनै सीमा हुन्न ।

आखिर कसरी पाउने त जापानको पीआर ?

जापानको पीआर प्रक्रिया सामान्य छ । सामान्यतः जापानको पीआर पाउनका लागि त्यहाँ अविच्छिन्न १० वर्षसम्म बसोबास गर्नुपर्ने प्रावधान छ ।

यद्यपि पीआर लिन चाहनेले जापानी नागरिक वा स्थायी बसोबास अनुमतिपत्र लिएकोसँग विवाह गरेमा ३ वर्षमा पीआरका लागि आवेदन गर्नसक्ने जनाइएको छ । त्यस्तै, जापानी समाजमा केही उल्लेखनीय योगदान दिएको प्रमाण पेश गरेमा उक्त अवधी भने कम हुनसक्ने व्यवस्था छ ।

नोबेल पुरस्कार वा सोही स्तरको ख्यातीप्राप्त पुरस्कार जितेको वा अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगितामा जापानका तर्फबाट भाग लिएकाले पनि १० वर्षभन्दा कम अवधीमै पीआरका लागि आवेदन दिन सक्ने व्यवस्था छ ।

त्यस्तै, पीआर चाहने आवेदकले नियमित रुपमा राज्यलाई कर तिरेको तथा सामाजिक सुरक्षामा योगदान दिएको हुनुपर्छ । त्यसबाहेक जापान बसाईका क्रममा आवेदकको कुनै आपराधिक रेकर्ड रहनुहुन्न । आवेदकले रोजगारी विवाह तथा अन्य सामाजिक शर्त पुरा गरेको हुनुपर्छ । त्यस्तै, आवेदक आर्थिक रुपमा स्वाबलम्बी भएको प्रमाण पनि पेश गर्नुपर्ने व्यवस्था छ ।

आर्थिक रुपमा स्वाबलम्बी हुन वर्षिक कति आम्दानी गर्नुपर्छ भन्ने यकिन नभएपनि सामान्यतः ३० लाख जापानी येन अर्थात् करिब २८ हजार अमेरिकी डलर तथा हरेक आश्रितका लागि थप ६ लाखदेखि ८ लाख येन अर्थात् ५५०० अमेरिकी डलर देखि ७५०० अमेरिकी डलरसम्म आर्जन भएमा त्यसलाई आर्थिक रुपमा स्वाबलम्बी भएको मानिन्छ ।

त्यसपछि फोटो, रोजगारीको प्रमाण, बसोबासको प्रमाण, आयश्रोतको विवरण, राहदानीको नक्कललगायतका आवश्यक कागजात पेश गरी पीआरको आवेदन दिन सकिन्छ ।

पीआरका लागि आवेदन गरिएको ७ महिनासम्म पीआर तपाईंको हातमा आइपुग्छ ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ८ : २२ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल