चिकित्सक भन्छन्– गर्भवती र सुत्केरीले व्रत नबस्नु « Khabarhub

चिकित्सक भन्छन्– गर्भवती र सुत्केरीले व्रत नबस्नु


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज साउन महिनाको दोस्रो सोमबार हिन्दु महिलाहरु व्रत बस्ने र भगवान् शिवको पुजा आरधना गर्ने गर्छन् ।

स्वस्थ व्यक्तिका लागि सातामा एकदिन व्रत बस्नु उपयुक्त भएपनि गर्ववती महिला स्तनपान गराइरहेका महिलाहरुका लागि व्रत वस्तु उपयुक्त नहुने चिकित्सकहरु बताउँछन् ।

गर्भवती महिलाले खाने खानाबाटै गर्भमा भएको शिशूका वृद्धिविकास हुन्छ । त्यसैले गर्भवती महिला व्रत बस्दा गर्भको बच्चालाई पनि पौष्टिक तत्व कम हुनसक्छ । यस्तै स्तनपान गराउने महिलाले व्रत बस्दा शिशूलाई दुध कम हुनसक्छ ।

व्रत बस्दा महिलाको शरीरमा ग्लुकोजको मात्रा कम भएर स्वास्थ्यमा समस्या देखिन सक्ने पोषणविद् अतुल उपाध्याय बताउँछन् ।

‘स्वस्थ महिलाका लागि सातामा एकदिन व्रत बस्दा राम्रो हुन्छ तर गर्भवती तथा सुत्केरी महिलाका लागि व्रत बस्नु उपयुक्त हुँदैन,’ पोषणविद् उपाध्यायले भने, ‘व्रत बस्दा रगतमा ग्लुकोजको मात्रा कम हुन्छ, गर्भवती र स्तनपान गराइरहेका महिलामा शरीरमा ग्लुकोजको मात्रा कम हुँदा कमजोर हुनसक्छ ।’

यस्तै दिर्घरोगका बिरामीले पनि व्रत बस्नु उपयुक्त नहुने उनको भनाइ छ । यस्तै धेरै परिश्रम गर्नुपर्ने कामकाजी महिलाहरुले पनि व्रत बस्नु उपयुक्त नहुदैन ।

साउनको सोमबार व्रत बस्ने कतिपय महिलाहरु पानी समेत नखाने पनि गर्छन् । पानी पनि नखाइ व्रत बस्दा शरीर कमजोर हुने उपाध्यायको भनाइ छ ।

व्रत बसेपनि फलफूलहरु खानु उपयुक्त हुने पोषणविद् उपाध्याय बताउँछन् । व्रत बस्ने महिलाहरुले गुलियो पदार्थ भने खान नहुने उपाध्याय बताउँछन् ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ७ : ३५ बजे

सिमकोटमा खानेपानीको अभाव

हुम्ला- जिल्ला सदरमुकाम सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि

रञ्जित रेको नजरमा जेन-जी सरकार र नेपालको आगामी यात्रा

स्थापना भएको चार वर्षमै राष्ट्रिय स्वतन्त्र पार्टीले विशाल बहुमत प्राप्त

छोरीसँगै किमद्वारा रकेट प्रहार अभ्यास अवलोकन

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नी किशोरी छोरीसँगै

एन्फा राष्ट्रिय लिगमा जावलाखेलको जित, काक्रेबिहार पराजित 

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा जावलाखेल युथ क्लबले काक्रेबिहार