आज सोमबार, शिवालयमा बिहानैबाट भक्तजनको भीड « Khabarhub

आज सोमबार, शिवालयमा बिहानैबाट भक्तजनको भीड


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज साउन महिनाको दोस्रो सोमबार विहानैदेखि देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।

साउने सोमबारको ब्रत बस्नुका साथै भगवान शिवको पूजा आराधना गर्नाले मनोकांक्षा पूरा हुने र घर परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वासका साथ विहानैदेखि शिवालयमा भक्तजनको भीड लागेको हो ।

हिन्दु धर्मावलम्बी महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । साउने सोमबारमा महिलाहरुले भगवान शिवको उपासना गर्दै निराहार ब्रत बस्ने गर्छन् ।

ज्योतिष शास्त्र अनुसार सोमबारको स्वामी भगवान् शिव यो दिनलाई विशेष मानिन्छ । अझ श्रावण महिना र सोमबारको विशेष महत्व छ । श्रावण महिना शिवजीको महिना र सोमबार स्वामीको रुपमा लिइने राष्ट्रिय धर्मसभाका अध्यक्ष प्रा.डा. माधव भट्टराईले जनाए ।

उनले भने, ‘शवको अर्थ कल्याण हो । विधिपूर्वक शिवको आराधना गर्दा सबैको कल्याण चाहने शिव तत्काल प्रसन्न हुन्छन् र मनोकामना पूर्ण गरिदिन्छन् भन्ने विश्वास छ ।’

त्यसो त देवताहरुमा सर्बोत्कृष्ट भगवान शिवको उपासना गर्ने परम्परा वैदिककालदेखि नै चलेको पाइन्छ ।

साउने सोमबारका दिन काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर महादेव , सन्तानेश्वर महादेव, खोटाङ हलेसी महादेव, धरानको पिण्डेश्वर महादेव लगायत देशभरका शिवालयहरुमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

साउन महिनामा भगवान शिवलाई जलधारा अर्पण गर्न विभिन्न स्थानमा बोलबम यात्रा पनि निकालिन्छ । शिवलाई जलधारा अर्पण गरेमा इच्छित कामना पूर्ण हुने आकांक्ष्ाँका साथ पहेंलो वस्त्र धारण गर्दै शिवभक्तहरु नजिकका शिवालयमा पुग्ने गर्छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ६ : १३ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा