कारको छतमा चढेर यी युवतीले बीच सडकमै देखाइन् तमासा « Khabarhub

कारको छतमा चढेर यी युवतीले बीच सडकमै देखाइन् तमासा


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बीच सडकमा रोकिएको कारको छतमा एक युवतीले देखाएको तमासा अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

घटना छिमेकी मुलुक चनिको हो । पति–पत्नीबीच झगडा परेपछि ती महिला कारको छतमा उक्लिएर तमासा देखाउन थालेकी हुन् ।

शियाङ्शीमा भएको यो घटनामा उनी कारको छतमा चार मिनेटसम्म उभिएकी थिइन् । उनको हर्कतका कारण ट्राफिकमा अवरोध पुगेको थियो । उनका पतिलाई पछि प्रहरीले पक्राउ गरेको थियो ।

घटनाको भिडियो भाइरल भएपछि प्रहरीले पति सवारी चालक अनुमतिपत्र विना नै गाडी चलाउँदै गरेको अवस्थामा पक्राउ गरेको थियो । घटना केही समय पहिलेको हो, पतिपत्नीले एसयूभीभित्र झगडा गरेका थिए ।

सेतो होन्डा एसयूभी चौबाटोमा ट्राफिक लाइटमा रोकिएको बेलामा अचानक महिला कारबाट बाहिर निस्किइन र पतीसँगको रिस कारमाथि उक्लेर पोख्न थालिन् । उनले आफ्नो पतिले आफूलाई बेवास्ता गरेको भन्दै यस्तो रिस पोखेको बताएकी छिन् ।

रिसको सुरमा उनले छतमा गोडा बजारेकी थिइन् । ट्राफिक बत्ती हरियो भएपछि पनि महिला एसयूभीको छतमा बसिरहिन् अनि आफू र अन्य चालकहरूलाई जोखिममा पारिन् । अन्य चालकले त्यो कारबाट बचेर गाडी हाँकेको देखिन्छ । केही समयको अन्तरालमा उनी पुनः छतबाट ओर्लिएकी थिइन् ।

पतिलाई लाइसेन्स नबोकेकोमा १२ सय ५० युआन जरिवाना गरियो र १४ अंक घटाइयो । पत्नीलाई चेतावनी दिएर छोडियो ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ६ : ३८ बजे

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अहिले चारजना उद्यमी तथा व्यवसायीहरूसँग छलफल

प्रधानमन्त्री राहत कोषमा सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर

एमाले पुनर्गठन कार्यदलको बैठकमा पुग्दै नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता