चोरी गर्ने गिरोह रुपन्देहीमा पक्राउ « Khabarhub

चोरी गर्ने गिरोह रुपन्देहीमा पक्राउ


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– रुपन्देहीमा चोरी गर्ने गिरोह पक्राउ परेको छ । जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल चोरीमा संलग्न सात जनालाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ बस्ने अब्दुल हमिद मुसलमान, शुद्धोदन गाउपालिका–६ का कालु मल्लाह, कञ्चन गाउँपालिका–५ का गगन गुरुङ, सम्मरबहादुर थापा, मानबहादुर भण्डारी, वडा नम्बर ४ का ओमप्रकाश रौतार र कपिलवस्तु वाणगङ्गा नगरपालिका–१० का दीपक चौधरी रहेको प्रहरी नायब उपरीक्षक तथा प्रहरी प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए । मुसलमान र मल्लाहको बयानको आधारमा थप पाँच जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रवक्ता भण्डारीका अनुसार उनीहरुसहित चोरी भएका छ वटा मोटरसाइकल बरामद गरिएको छ । उनीहरुले रुपन्देही तथा भारतको सीमावर्ती शहरमा विभिन्न मोटरसाइकल चोरी गरी बेचबिखन गर्ने गरेको खुलेकोे छ । बरामद मोटरसाइकलसहित पक्राउ परेकामाथि थप अनुसन्धान कार्य भइरहेको रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ६ : ४० बजे

सिमकोटमा खानेपानीको अभाव

हुम्ला- जिल्ला सदरमुकाम सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि

रञ्जित रेको नजरमा जेन-जी सरकार र नेपालको आगामी यात्रा

स्थापना भएको चार वर्षमै राष्ट्रिय स्वतन्त्र पार्टीले विशाल बहुमत प्राप्त

छोरीसँगै किमद्वारा रकेट प्रहार अभ्यास अवलोकन

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नी किशोरी छोरीसँगै

एन्फा राष्ट्रिय लिगमा जावलाखेलको जित, काक्रेबिहार पराजित 

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा जावलाखेल युथ क्लबले काक्रेबिहार