दुई वर्षमा पूरा हुनुपर्ने नगरकोट जाने बाटोको ठेक्का ६ वर्ष पूरा हुँदा पनि बनेन | Khabarhub Khabarhub

दुई वर्षमा पूरा हुनुपर्ने नगरकोट जाने बाटोको ठेक्का ६ वर्ष पूरा हुँदा पनि बनेन


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– ठेक्का भएको छ वर्षसम्म पूरा हुन नसकेको पर्यटकीयस्थल कमलविनायक–नगरकोट सडकको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले स्थलगत अनुगमन गरेको छ ।

विसं २०७० मा शुरु भई दुई वर्षमा पूरा हुनुपर्ने १७ किमि सडक छ वर्ष बित्दा पनि निर्माण हुन नसक्दा पर्यटकमार्फत विश्वव्यापी रुपमा नकारात्मक सन्देश गएको स्थानीयवासीको गुनासो छ ।

राजधानी नजिकैबाट विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै धेरै हिमाल एवं सूर्योदयको दृश्य देखिने नगरकोट आन्तरिक एवं बाह्य पर्यटकको रोजाइमा पर्दै आएको छ ।
सडक अनुगमनपछि आयोजित अन्तरक्रिया कार्यक्रममा समिति सभापति कल्याणीकुमारी खड्काले सन् २०२० को नेपाल भ्रमण वर्षअगावै सडक कालोपत्र पूरा गर्न सम्बन्धित सरकारी निकायलाई निर्देशन दिइन् ।

चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले ठाउँ ठाउँमा खाल्डाखुल्डी भएको सडकमा दुर्घटना भई धेरैले जीवन गुमाउनु परेको, पर्यटन व्यवसायमा नकारात्मक प्रभाव परेकाले अब थप भएको समयमा निर्माण पूरा नगरे कडा कदम चाल्न बाध्य हुनुपर्ने बताए ।

रु ३७ करोड ८७ लाखमा शैलुङ कन्स्ट्रक्सनले निर्माण जिम्मा पाएको सडक किनारमा बनेका ड्रेनलगायत संरचना गुणस्तरीय नहुँदा सम्पन्न नभई भत्कन थालेको सडक निर्माण दबाब समिति संयोजक राजकुमार लामिछानेले गुनासो गरे ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ७ : १६ बजे

राजनीतिक सम्बन्धले रोकेका अपराधका विषय अनुसन्धानको प्रक्रियामा जान्छ : गृहमन्त्री

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले विगतमा राजनीतिक सम्बन्धका आधारमा रोकिएका

नेतन्याहूको भाषण बहिष्कार गरेर राष्ट्र संघ महासभाबाट बाहिरिए दर्जनौँ देशका प्रतिनिधि

न्यूयोर्क- शुक्रबार संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले विश्व

जेनजी प्रदर्शनका क्रममा काठमाडौं महानगरमा ६३ लाखको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका

सुर्खेतमा खोलाले बगाउँदा दिदीबहिनीको मृत्यु

सुर्खेत – पौडी खेल्ने क्रममा खोलाले बगाउँदा जाजरकोटमा एकै घरका

प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

सिरहा – लागुऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय मिर्चैया,