कान चिलाइरहन्छ ? घरेलु विधिबाट यसरी गर्नुस् उपचार « Khabarhub

कान चिलाइरहन्छ ? घरेलु विधिबाट यसरी गर्नुस् उपचार


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कहिलेकाहीँ कान चिलाउनु सामान्य हो । तर, कानको भित्री भाग बारम्बार चिलाउँछ भनेचाहिँ हेलचेक्र्याइँ गर्नुहुन्न ।

मानिसहरु अधिकांशले कान चिलाउँदा कन्याउन हातका औँला प्रयोग गर्छन् । यति मात्रै नभएर कानभित्र सिन्का, सिसाकलम, कनकर्नुजस्ता तीखा वस्तु पनि घुसारउँछन् ।

कानभित्र यस्ता वस्तुको प्रयोग घातक हुन सक्ने चिकित्सकहरु बताउँछन् । त्यसैले कानभित्र जे पायो त्यही घुसार्ने बानी छ भने सावधान रहनुस् । लगातार कान चिलाउँछ भने तपाईंको कानमा इन्फेक्सन भएको हुन सक्छ । चिलाइ मार्न कानभित्र औँला घुसार्दा उल्टै इन्फेक्सन बढ्ने खतरा हुन्छ ।

सबैभन्दा पहिले कान किन चिलाउँछ ? त्यसमा ध्यान दिन जरुरी छ । कान मानव शरीरको निकै संवेदनशील अंग हो ।

छालामा हुने सुक्खापन र खानपानको गडबडीले पनि कान चिलाउन सक्छ । यस्तो अवस्थामा केही घरेलु उपायद्वारा पनि उपचारपद्धति अपनाउन सकिन्छ । जुन निम्नछन्–

एलोभेराः एलोभेरा (घ्यु कुमारी) बहुगुणयुक्त घरेलु औषधि हो । यसको एक–दुई थोपा रस कानको भित्री भागसम्म पुग्ने गरी राख्नाले कान चिलाउने र इन्फेक्सन हुने समस्याबाट बच्न सकिन्छ । एलोभेरामा हुने एन्टी–इन्फेमेन्टरी गुणले कानको समस्या निदान गर्न र छालाको सुक्खापन हटाउन सहयोग गर्छ ।

तेलः अक्सर हामी तोरीको तेल कानमा राख्छौँ । तर, तोरीको सट्टा नरिवल वा एलोभेराको तेल प्रयोग गर्दा कानको समस्या हटाउन मद्दत पुग्छ ।

लसुनः लसुन हाम्रो भान्सामा सजिलै पाइने खाद्यवस्तु हो । यसका सयौँ गुण छन् । लसुनमा एन्टिबायोटिक गुण पनि हुन्छ । जैतुन र तिलको तेलमा एक केस्रा लसुन फुराई कानको बाहिरी भागमा लगाउनाले कानलाई इन्फेक्नबाट बचाउन सकिन्छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ८ : ४८ बजे

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत