कान चिलाइरहन्छ ? घरेलु विधिबाट यसरी गर्नुस् उपचार « Khabarhub

कान चिलाइरहन्छ ? घरेलु विधिबाट यसरी गर्नुस् उपचार


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कहिलेकाहीँ कान चिलाउनु सामान्य हो । तर, कानको भित्री भाग बारम्बार चिलाउँछ भनेचाहिँ हेलचेक्र्याइँ गर्नुहुन्न ।

मानिसहरु अधिकांशले कान चिलाउँदा कन्याउन हातका औँला प्रयोग गर्छन् । यति मात्रै नभएर कानभित्र सिन्का, सिसाकलम, कनकर्नुजस्ता तीखा वस्तु पनि घुसारउँछन् ।

कानभित्र यस्ता वस्तुको प्रयोग घातक हुन सक्ने चिकित्सकहरु बताउँछन् । त्यसैले कानभित्र जे पायो त्यही घुसार्ने बानी छ भने सावधान रहनुस् । लगातार कान चिलाउँछ भने तपाईंको कानमा इन्फेक्सन भएको हुन सक्छ । चिलाइ मार्न कानभित्र औँला घुसार्दा उल्टै इन्फेक्सन बढ्ने खतरा हुन्छ ।

सबैभन्दा पहिले कान किन चिलाउँछ ? त्यसमा ध्यान दिन जरुरी छ । कान मानव शरीरको निकै संवेदनशील अंग हो ।

छालामा हुने सुक्खापन र खानपानको गडबडीले पनि कान चिलाउन सक्छ । यस्तो अवस्थामा केही घरेलु उपायद्वारा पनि उपचारपद्धति अपनाउन सकिन्छ । जुन निम्नछन्–

एलोभेराः एलोभेरा (घ्यु कुमारी) बहुगुणयुक्त घरेलु औषधि हो । यसको एक–दुई थोपा रस कानको भित्री भागसम्म पुग्ने गरी राख्नाले कान चिलाउने र इन्फेक्सन हुने समस्याबाट बच्न सकिन्छ । एलोभेरामा हुने एन्टी–इन्फेमेन्टरी गुणले कानको समस्या निदान गर्न र छालाको सुक्खापन हटाउन सहयोग गर्छ ।

तेलः अक्सर हामी तोरीको तेल कानमा राख्छौँ । तर, तोरीको सट्टा नरिवल वा एलोभेराको तेल प्रयोग गर्दा कानको समस्या हटाउन मद्दत पुग्छ ।

लसुनः लसुन हाम्रो भान्सामा सजिलै पाइने खाद्यवस्तु हो । यसका सयौँ गुण छन् । लसुनमा एन्टिबायोटिक गुण पनि हुन्छ । जैतुन र तिलको तेलमा एक केस्रा लसुन फुराई कानको बाहिरी भागमा लगाउनाले कानलाई इन्फेक्नबाट बचाउन सकिन्छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ८ : ४८ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित