गण्डकी प्रदेशमा एक वर्षमा तीन लाख विदेशी पर्यटक « Khabarhub

गण्डकी प्रदेशमा एक वर्षमा तीन लाख विदेशी पर्यटक


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेशमा एक वर्षमा २ लाख ९८ हजार ९ सय ७५ विदेशी पर्यटक प्रवेश गरेको तथ्याङ्क सङ्कलन भएको छ ।

प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मा पोखरा र आसपासका जिल्लामा प्रवेश गरेका पर्यटकको विवरण सङ्कलनबाट सो तथ्याङ्क बाहिर प्राप्त भएको जनाएको छ ।

यसअघि पोखरामा कति पर्यटक आउँछन् भन्ने आधिकारीक तथ्याङ्क कहीँ कतै थिएन । नेपाल आएका झण्डै ४० प्रतिशत पर्यटक पोखरा आउँछन् भन्ने पर्यटनसम्बद्ध व्यक्ति एवं संस्थाहरुले अनुमान लगाउँदै आएका थिए ।

प्रदेश सरकार गठनसँगै अघिल्लो आर्थिक वर्ष २०७४/७५ बाट तथ्याङ्क सङ्कलनको प्रक्रिया थालिएको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकृत शिव परियारले जानकारी दिए ।

तथ्याङ्कअनुसार पोखरामा सबैभन्दा धेरै कात्तिक महिनामा ३८ हजार ५ सय ७५ पर्यटक आएका छन् । सबैभन्दा कम असार महिनामा १२ हजार ६ सय २ पर्यटक आएको प्रदेश सरकारको तथ्याङ्कमा उल्लेख छ ।

गण्डकी प्रदेशमा आउने पर्यटकमध्ये सबैभन्दा धेरै छिमेकी राष्ट्र भारतबाट आएका छन् । गत साउनदेखि असारसम्मको तथ्याङकअनुसार हवाईमार्ग र स्थलमार्ग हुँदै आउने भारतीय पर्यटकको सङ्ख्या एक लाख २० हजार ९ सय ३८ रहेको सुचना अधिकृत परियारले जानकारी दिए । त्यसैगरी एक लाख ७८ हजार ३७ पर्यटक अन्य मुलुकबाट आएको तथ्याङ्क रहेको छ ।

स्थलमार्गबाट आउने पर्यटकको तथ्याङ्क तनहुँको आँबुखैरेनीस्थित पृथ्वी राजमार्गको आँबुखैरेनी प्रहरी चेक पोस्ट र स्याङ्जाको गल्याङस्थित सिद्धार्थ राजमार्गको गल्याङ प्रहरी चेक पोस्टमा रहेका प्रहरीले राख्दै आएका छन् । हवाईमार्गबाट आउने पर्यटकको पोखरा विमानस्थलबाट तथ्याङ्क सङकलन गरिएको हो । गण्डकी प्रदेशको नवलपुरमा आउने पर्यटकको तथ्याङ्क भने यस तथ्याङ्कमा समेटिएको छैन ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  १२ : ३१ बजे

महेशलाई सिंहदरबार पठाएका केपी साथमा शंकर लिएर पुगे शेरबहादुर भेट्न

काठमाडौं- सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको सर्वपक्षीय छलफल चलिरहँदा

अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाले पाएनन् उचित पारिश्रमिक 

धादिङ– निर्माण, कृषि तथा अन्य अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूले

सरकारले हामीलाई फुटबल नबनाओस्‌ : जेन–जी प्रतिनिधि

काठमाडौं– निर्वाचन कानुन र व्यवस्थापन सम्बन्धमा सिंहदरबारमा भएको छलफलका क्रममा

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै

‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः