हेर्नुस् ‘केजीएफ २’ मा सञ्जय दत्तको जबरजस्त अवतार « Khabarhub

हेर्नुस् ‘केजीएफ २’ मा सञ्जय दत्तको जबरजस्त अवतार


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – दक्षिण भारतीय सुपरस्टार यशको पछिल्लो फिल्म ‘केजीएफ’ ले बलिउडमा समेत तहल्का मच्चायो । यो फिल्मलाई दर्शकले खुबै मन पराए । फिल्मले बक्स अफिसमा २ सय ५० करोडको व्यापार गर्‍यो ।

यो कन्नड सिनेमा सबैभन्दा हिट फिल्ममा एक बन्न सफल भयो ।

मेकर्सले हालै ‘केजीएफ २’ को फस्ट लूक सार्वजनिक गरेका छन् । बलिउड अभिनेता सञ्जय दत्तको जन्मदिन पारेर फिल्मको पोस्टर सार्वजनिक गरिएको हो । फस्ट लूकमा सञ्जयलाई खतरनाक भूमिकामा देखाइएको छ । फिल्ममा उनले भिलेनको भूमिका निभाउनेछन् ।

केही दिनअघि फिल्म निर्माण टिमले एक टिजर पोस्टर पनि सार्वजनिक गरेको थियो । उक्त पोस्टरमा अधिराको झलक देखाइएको थियो । तर, अधिरा को हुन् भन्ने खुलाइएको थिएन ।

यो फिल्मको पहिलो भागपछि यसको सिक्वेलको दर्शकलाई लामो समयदेखि प्रतीक्षा छ । यो फिल्म सन् २०२० मा रिलिज हुँदैछ । नेपालमा पनि यो फिल्मले ५१ ‌औँ दिन मनाएको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  १ : ३३ बजे

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित