मलाई हेग लगे पनि केही फरक पर्दैन–प्रचण्ड « Khabarhub

मलाई हेग लगे पनि केही फरक पर्दैन–प्रचण्ड


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई हेग पुर्‍याइएपनि केही फरक नपर्ने बताएका छन् । उनले आफूलाई हेग लैजाने र एक दिन भएपनि जेल हाल्ने भनेर गरिएको प्रचार डिजाइन अनुसार भएको दाबी गरेका छन् ।

सोमबार ललितपुरस्थित आफ्नै निवासमा विप्लव समूह छाडेर आएका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले लोकातान्त्रिक गणतन्त्र ल्याउने पार्टी, त्यसका नेताहरुलाई बदनाम गर्न पाइयो भने यसलाई उल्ट्याउन सकिन्थ्यो भनेर आजभोलि अलि बढी फोकस गरेर आफूहरु विरुद्ध षडयन्त्र र प्रचार गर्ने प्रयास भएको बताए ।

अन्तर्राष्ट्रिय अदालतमा लगेर प्रचण्डलाई झुण्ड्याउने भनेर प्रचार गर्दै केही हिँडेको भन्दै प्रचण्डले परिवर्तन नचाहने तत्वको काम भएको टिप्पणी गरे । उनले आफूलाई हेग लगे त्यहाँबाट हिरो भएर आउने बताए ।

प्रचण्डले भने ‘मलाई हेग लगेर पनि केही फरक पर्दैन। त्यहाँ लगे भने विश्वकै हिरो भएर निस्किन्छु। संसारले मलाई एकैपटक चिन्छन्। संसारभरिका जनताले यो शान्ति र न्यायको पक्षमा रहेछ भन्ने ठाउँ हुन्छ। त्यो मेरो लागि गर्वको कुरा हुन्छ तर ’ मलाई यिनीहरुले लान्छन् र विश्वको हिरो बनाउँछन् भन्ने लाग्दैन ।’

लोकतन्त्र र संघीय गणतन्त्र रहँदासम्म कोही कमजोर नहुने उनको भनाइ थियो । देश र जनतालाई माया गर्नेहरु एक ठाउँमा जम्मा भएर यसको रक्षा गर्नुपर्ने प्रचण्डको भनाइ थियो ।

उल्टो दिशामा गएर क्रान्ति नहुने भन्दै प्रचण्डले विप्लवपनि ढिलो चाँडो नेकपामा नै आउनुपर्ने बताए । ‘विप्लव पनि ढिलो चाँडो यही आउनुपर्छ’ प्रचण्डले भने,‘कि यही आउनुपर्छ कि सक्किनु पर्छ ।’

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  १ : ३५ बजे

चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने

चितवन– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा

भारतमा निपाह भाइरसका दुई सङ्क्रमण, अवस्था नियन्त्रणमा

एजेन्सी – भारतका स्वास्थ्य अधिकारीहरूले पश्चिम बंगाल राज्यमा निपाह भाइरसका

भृकुटीमण्डपमा ‘काठमाडौं महोत्सव र बिजनेस एक्स्पो’

काठमाडौं– नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बुधबारदेखि भृकुटीमण्डपमा ‘काठमाडौं

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा

विप्लवलाई प्रचण्डको आग्रह : आत्मसमिक्षासहित आउनुहोस् बृहत एकता गराैँ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले