संसदमा कांग्रेस र राजपाका सांसदहरुको नाराबाजी « Khabarhub

संसदमा कांग्रेस र राजपाका सांसदहरुको नाराबाजी


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बैकठमा नेपाली कांग्रेस र राजपाका सांसदहरुले संसदीय सर्वोच्चताको माग गर्दै नाराबाजी गरेका छन् ।
बैठक शुरु हुनासाथ प्रतिपक्षी सांसदहरुले विरोध शुरु गरेका हुन् ।

सभामुखले कार्यसूची अगाडि बढाउने भन्दै शून्य समयको कार्यसुची अघि बढाएपछि सांसदहरुले रोष्टम अगाडि आएर नाराबाजी गरेका हुन् । सांसदहरुले नाराबाजी गरेपछि अहिले संसद सचिवाललयबाट दिईने श्रव्यदृश्य सामाग्रीमा नारावाजीको अडियोलाई बन्द गरिएको छ । नाराबाजी जारी छ ।

असार २५ गतेको बैठकमा नेपाली कांग्रेस र राजपाका सांसदहरुले सर्लाहीका विभिन्न ३ छुट्टा छुट्टै घटनाको छानविनका लागि संसदीय समिति गठन गर्न माग गर्दे रोष्टमा नाराबाजी गरेका थिए ।

विरोधका बाबजुत सभामुखले कार्यसुची अगाडि बढाउदै सचिव गोपालनाथ योगीलाई राष्ट्रियसभाबाट प्राप्त सुझाव बढ्न अनुमति दिनुभएको थियो । त्यसपछि अर्को बैठक असार ३० गते अपरान्ह १ बजेका लागि बैठक बोलाईएको थियो । संघीय संसद सचिवालयले बाढी पहिरो र डुबान प्रभावित क्षेत्रमा राहतमा आवश्यक सहयोग, समन्वय एवं अनुगमन समेत गर्नका लागि सांसदहरु आ आफ्नो क्षेत्र र जिल्लामा जान समय दिनुपर्ने भएको भन्दै सूचना टासेर ८ गतेलाई सारेको थियो ।साउन ८ गते भने बाढी पहिरो सम्बन्धी विशेष प्रस्ताव माथि छलफल भएको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  १ : ४३ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा