संसदमा कांग्रेस र राजपाका सांसदहरुको नाराबाजी « Khabarhub

संसदमा कांग्रेस र राजपाका सांसदहरुको नाराबाजी


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बैकठमा नेपाली कांग्रेस र राजपाका सांसदहरुले संसदीय सर्वोच्चताको माग गर्दै नाराबाजी गरेका छन् ।
बैठक शुरु हुनासाथ प्रतिपक्षी सांसदहरुले विरोध शुरु गरेका हुन् ।

सभामुखले कार्यसूची अगाडि बढाउने भन्दै शून्य समयको कार्यसुची अघि बढाएपछि सांसदहरुले रोष्टम अगाडि आएर नाराबाजी गरेका हुन् । सांसदहरुले नाराबाजी गरेपछि अहिले संसद सचिवाललयबाट दिईने श्रव्यदृश्य सामाग्रीमा नारावाजीको अडियोलाई बन्द गरिएको छ । नाराबाजी जारी छ ।

असार २५ गतेको बैठकमा नेपाली कांग्रेस र राजपाका सांसदहरुले सर्लाहीका विभिन्न ३ छुट्टा छुट्टै घटनाको छानविनका लागि संसदीय समिति गठन गर्न माग गर्दे रोष्टमा नाराबाजी गरेका थिए ।

विरोधका बाबजुत सभामुखले कार्यसुची अगाडि बढाउदै सचिव गोपालनाथ योगीलाई राष्ट्रियसभाबाट प्राप्त सुझाव बढ्न अनुमति दिनुभएको थियो । त्यसपछि अर्को बैठक असार ३० गते अपरान्ह १ बजेका लागि बैठक बोलाईएको थियो । संघीय संसद सचिवालयले बाढी पहिरो र डुबान प्रभावित क्षेत्रमा राहतमा आवश्यक सहयोग, समन्वय एवं अनुगमन समेत गर्नका लागि सांसदहरु आ आफ्नो क्षेत्र र जिल्लामा जान समय दिनुपर्ने भएको भन्दै सूचना टासेर ८ गतेलाई सारेको थियो ।साउन ८ गते भने बाढी पहिरो सम्बन्धी विशेष प्रस्ताव माथि छलफल भएको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  १ : ४३ बजे

अध्ययन गर्नेगरी कार्की आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको

ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रियसभाका अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष

घुसको ७० लाख रुपैयाँ लुकाउन केसम्म गरेनन् सहसचिव झलकरामले ?

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र