बुबालाई दाउरा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ | Khabarhub Khabarhub

बुबालाई दाउरा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीमा ३० वर्षीय छोराले ६० वर्षीय बुवाको हत्या गरेका छन् ।

कैलालीका अम्बर बहादुर कुमाललाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा गोदावरी नगरपालिका-५ बस्ने ३० वर्षीय राम बहादुर कुमाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

रामबहादुरले आफ्नै बुबालाई चिर्पट प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी गेटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

चिर्पट प्रहारबाट गम्भीर घाइते भएका अम्बर बहादुरको सेती अञ्चल अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  १ : ५२ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई