कपिल शर्मालाई सलमान खानको सुझाव – अब फेरि विवादमा नपर्नू ! « Khabarhub

कपिल शर्मालाई सलमान खानको सुझाव – अब फेरि विवादमा नपर्नू !


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सुनील ग्रोवरसँग झगडा परेपछि विवादमा फसेका भारतीय कमेडीयन कपिल शर्मालाई सलमान खानले साथ दिए । र, उनी कपिल शर्मा शो का निर्माता पनि बने ।

अहिले कपिल शर्माको यो शोले दर्शकको साथ पाएको छ । यो शो टीआरपीका हिसाबले उत्कृष्ट दशमा परेको छ । खबर आएको छ कि, कपिल शर्मा अहिले यो शोको निरन्तरतामा लागेका छन् र उनी विवादबाट पनि टाढा छन् ।

कपिलको शोमा निर्माता बनिरहेका सलमानले कपिललाई फेरि विवादमा नआउन र पहिलेजस्तो मूर्खता नदोहो–याउन सुझाव दिएका छन् । यता कपिल शर्माले पनि सलमान खानजस्ता निर्माता गुमाउन चाहेका छैनन् ।

कपिल शर्माको करिअरको एक दौरान यस्तो पनि थियो, जब लाग्थ्यो कि, उनी अब विवादबाट टाढा बस्न तयार नै छैनन् । फ्लाइटमा सुनील ग्रोबरसँग भएको लडाइँपछि कपिल शर्माको करिअरमा उतारचढाव आएको थियो । जसका कारण कपिलले कैयन् तनावपूर्ण स्थितिको पनि सामना गर्नुप–यो ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  १ : ५८ बजे

बेपत्ता मुस्ताङ एयरको हेलिकप्टरमा थिए पाइलटसहित ५ यात्रु 

काठमाडौं– दोलखाबाटको ल्याप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टरमा

खेलकुदमन्त्रीले भने- खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्छु

काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री

ऊर्जामन्त्री श्रेष्ठले भने- ऊर्जाबाट कोही पनि वञ्चित हुनुपरोस्

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शुक्रबार

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको