विश्व टेस्ट च्याम्पियनसिप हुने, अष्ट्रेलिया र इंग्ल्याण्डबीचको एसेस सिरिज पहिलो « Khabarhub

विश्व टेस्ट च्याम्पियनसिप हुने, अष्ट्रेलिया र इंग्ल्याण्डबीचको एसेस सिरिज पहिलो


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटिसी) को आयोजना गर्ने भएको छ । सोमबार आईसीसीले आधिकारीक रुपमा टेस्ट च्याम्पियनसिपकाे जानकारी दिएको हो ।

टेस्ट च्याम्पियनसिप २ बर्षसम्म चल्नेछ । टेष्ट च्याम्पियनसिप २०१९ अगष्ट १ बाट सुरु हुनेछ। जसमा ९ उत्कृष्ट टेष्ट नेशनले प्रतिस्पर्धा गर्छन् । अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, भारत, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेष्ट इन्डिजले २७ सिरिजमा कूल ७१ खेल खेल्नेछन् ।

दुई वर्षसम्म चल्ने च्याम्पियनसिपकाे फाइनल २०२१ जुन मा बेलायतमा हुने आईसीसीले जनाएको छ। उक्त खेलको विजेता आइसीसी वर्ल्ड टेष्ट च्याम्पियन बन्नेछ। टेष्ट च्याम्पियनसिपमा प्रत्येक राष्ट्रले होम ३ र अवे ३ सिरिज खेल्नेछ। प्रत्येक खेलको छुट्टै अंक प्रदान हुनेछ ।

एउटा सिरिजको कूल अंक १२० हुनेछ। यदी एउटा सिरिजमा दुई खेल मात्र भए एक खेलको ६० अंक हुनेछ भने ३ खेल भए एक खेलको ४० अंक हुनेछ ।

सिरिजमा बढीमा ५ र कम्तीमा पनि २ खेल हुनुपर्नेछ। पहिलो चरणको डब्लुटिसीमा पाँच दिनको खेल समावेश हुनेछ जसमा डे नाइट म्याच पनि हुनेछ । डब्लुटिसी अन्तर्गत रहेको खेलहरु मात्र टेष्ट च्याम्पियनसिपमा गणना हुने आईसीसीले जनाएको छ। प्रतियोगिताका मार्च ३१ सम्म शिर्ष ९ औं स्थानमा रहेका टिमले पहिलो संस्करणको डब्लुटिसी खेल्नेछन् ।

टेष्ट च्याम्पियनसिप अन्तर्गत पहिलो सिरिजको रुपमाा अष्ट्रेलिया र इंग्ल्याण्डबीचको एसेस सिरिज रहेको छ। यसेस यही अगष्ट १ देखि सेप्टेम्वर १६ सम्म इंग्ल्याण्डमा हुनेछ। टेष्ट राष्ट्रको मान्यता पाएको अफगानिस्तान, आयरल्याण्ड र जिम्बावे सहभागि सिरिजले भने टेष्ट च्याम्पियनसिपको मान्यता पाउनेछैन।

२७ वटा सिरिजहरु :

अंक प्रणाली :

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  २ : २९ बजे

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान