आयुष इन्टर्नेशनल म्यानपावरको पोखरा शाखा कार्यालयमा सिलबन्दी « Khabarhub

आयुष इन्टर्नेशनल म्यानपावरको पोखरा शाखा कार्यालयमा सिलबन्दी


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आयुष इन्टर्नेशनल म्यानपावरको पोखराको शाखा कार्यलयमा सिलबन्दी गरिएको छ ।

वैदेशिक रोजगार विभागबाट सञ्चालन अनुमति नलिई म्यानपावरको शाखा कार्यालय बन्द गर्न विभागले श्रम कार्यालय पोखरालाई निर्देशन दिएका थिए ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डा भीष्म कुमार भुसालले श्रम कार्यालय पोखरालाई तत्काल अनुमति नलिइ सञ्चालनमा भइरहेका शाखा कार्यालय बन्द गर्न निर्देश दिएसँगै उक्त म्यानपावर सिल गरिएको हो ।

शाखा कार्यालयमा श्रम तथा रोजगार कार्यालय पोखराले आयुष इन्टर्नेशनल ओभरसिज सर्भिस प्रा लिको नाममा पोखराको सभागृह र सृजनाचोकबीचमा कार्यालय राखेर चलाइएको पाइएकोले शिलबन्दी गरिएकोको श्रम कार्यालय पोखराका प्रमुख गणेश श्रेष्ठले जानकारी दिए ।

विभागको निर्देशन बमोजिम नै स्थलगत अनुगमन गरि आवश्यक कागजात नियन्त्रणमा लिएर एक कर्मचारीलाई श्रम कार्यालय पोखरामा उपस्थितिको लागि पत्र काटिएको कार्यालय प्रमुख श्रेष्ठले बताए ।

अनुमति बिना नै अबैध रुपमा शाखा चलेको पाइएकोले जिल्ला प्रशासन कार्यालय र श्रम कार्यालयको संयुक्त टोलीले म्यानपावरको शाखा कार्यालय सिलबन्दी गरिएको उनले बताए । उक्त शाखाबाट १ ल्यापटप, १ मोबाइल , सेवाग्राही फलो अप डायरी अनुसन्धानका लागि लिइएको श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  २ : २८ बजे

दशैँ लागि पोखरा भित्रिन थाले हिमाली भेडा–च्याङ्ग्रा (तस्बिर)

पोखरा– नेपालीहरूको महान् पर्व वडादशैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या