बेललाई लैजाने चिनियाँ क्लबको प्रस्ताव रियलबाट अस्वीकृत « Khabarhub

बेललाई लैजाने चिनियाँ क्लबको प्रस्ताव रियलबाट अस्वीकृत


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वेल्सका स्टार खेलाडी तथा स्पेनिस महारथि रियल मड्रिडका स्टाइकर ग्यारेथ बेलका लागि आएको चिनियाँ क्लबको प्रस्ताव रियलले रद्द गरेको छ ।

सरुवा बजार खुल्ला भएका बेला चिनीयाँ सुपर लिग क्लब याङ्सु सुनिङबाट आएको प्रस्ताव रियलले अस्वीकार गरेको हो । याङ्सुले बेलसँग ३ बर्षका लागि हप्ताको १ मिलियन पाउण्ड पारिश्रमिक दिने योजनासहित हस्ताक्षर गर्न खोजेको थियो ।

तर, रियलले तत्काल बेललाई पठाइहाल्ने योजना नरहेको बताउँदै सम्झौता रद्द गरेको हो ।

अघिल्लो हप्ता रियलका प्रशिक्षक जिनेदिन जिदानले बेललाई जतिसक्दो छिटो क्लब छाड्न भनेपछि उनी कहाँ जालान् भन्ने तरिकाको कुरा भइरहँदा रियलले चिनीया क्लबसँगको सम्झौता भने रद्द गरेको छ ।

६ बर्षअगाडि टोटनह्यामबाट रियल मड्रिड आउँदा ८५ मिलियन पाउण्ड स्ट्रलिङमा आवद्ध भएका थिए । बेल रियलमा आइसकेपछि रियलले ४ पटक च्याम्पियन्स लिग उपाधि उचालेको थियो ।

जसमा उनले च्याम्पियन्स लिगको फाइनलमा मात्रै ३ गोल गरेका छन् । रियलले २०१४, २०१६, २०१७ र २०१८ मा च्याम्पियन्स लिग ट्रफी उचालेको थियो । रियलमा रहँदा बेललाई इन्जुरीले पनि सतायो । जसमा उनले पछिल्ला ४ सिजनमा ला लिगामा मात्रै ७९ खेल खेलेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ३ : ०३ बजे

फिर्केखोलाका अनाधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी – पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिवले दिए पत्रकारलाई धम्की, कारबाही गर्न पत्रकार महासंघको माग

काठमाडौं – जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले

‘ब्लू सर्ज-पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ सम्पन्न गरी यामाहा नेपालका साझेदार स्वदेश फिर्ता

काठमाडौं– ‘ब्लू सर्ज-पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ मा सहभागी