यस्तो छ रुखकटहर खानुका फाइदा « Khabarhub

यस्तो छ रुखकटहर खानुका फाइदा


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले रुख कटहर र भुइ कटहरको पाक्ने बेला हो । यसको स्वाद र वास्ना निकै मिठासपूर्ण हुन्छ । कटहर मिठोमात्र होइन स्वास्थ्यका हिसावले पनि निकै फाइदाजनक हुन्छ । यसको फल मात्र नभई बियाँसमेत उत्तिकै पौष्टिक तथा गुणकारी मानिन्छ ।

कहटरमा मात्र ०.६ ग्राम चिल्लो पदार्थ र ९५ क्यालोरी हुन्छ । यसमा ४ सय ४८ मिलिग्राम पोटासियम, २३ ग्राम कार्बोहाइड्रेड, १.५ ग्राम फाइबर, प्रोटिन १.७ ग्राम, भिटामिन बी १२ ग्राम र बी ६ र म्याग्नेसियम पाइन्छ ।

– तौल घटाउनः कटहरमा स्याचुरेटेड चिल्लो पदार्थ निकै कम मात्रामा हुन्छ । यसले तपाईको शरिरको तौल बढ्न दिँदैन । डाइटिङका क्रममा कटहरको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ ।

– हाडका लागि फाइदाजनकः कटहरमा हुने पोटासियम, क्याल्सियम तथा अन्य पौष्टिक तत्वले शरिरको हाडलाई मजबुत बनाउन सहयोग गर्छ । उमेर बढ्दै जाँदा हाडमा देखिने समस्याबाट बचाउन समेत कटहरले मद्धत गर्छ ।

– संक्रमणबाट जोगिनः यसमा भिटामिन सी र एन्टीअक्सिडेन्ट पाइने हुनाले शरिरमा हुने सक्रमणबाट बच्न र जुकाको समस्याबाट बच्न मद्धत गर्छ । इाइटमा एक कचौरा कटहरले तपाईको शरिरलाई चाहिने मात्रामा एन्टिअक्सिडेन्ट दिने गर्छ ।

– मधुमेहको सन्तुलनः उच्च मधुमेहका बिमारीका लागि कटहरको सेवन निकै फाइदाजनक हुन्छ । यसमा हुने रसायनले मधुमेहको मात्रालाई नियन्त्रण गर्नका लागि मद्धत गर्छ ।

– थाइराइडबाट बचाउः यसमा हुने कपरको मात्राले शरिरको मेटाबोलिज्मलाई ठिक गर्छ र हर्मोनलाई सन्तुलित गर्छ । यसकारण थाइराइडको बिरामीका लागि यसको सेवन निकै फाइदाजनक हुन्छ ।

– पाचन प्रणालीका लागिः कटहरमा हुने फाइबरले शरिरको पाचन प्रणालीलाई सन्तुलित राख्न मद्धत गर्छ । कब्जियतको समस्याबाट बचाउन समेत यसको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ ।

– आँखाका लागि फाइदाजनकः कटहरमा गाँजरमा जस्तै, भिटामिन ए प्रसस्त मात्रामा पाइन्छ । यसको प्रयोगले आँखाको ज्योति बढाउन र रतन्धोबाट जोगाउन मद्धत गर्छ ।

– उच्च रक्तचाप नियन्त्रणः एक कप कटहरमा यति धेरै पोटासियम हुन्छ कि यसले सोडियमको मात्रालाई घटाउन मद्धत गर्छ । यस्तै, यसले शरिमा रगतको प्रवाहलाई सुचारू राख्नका लागि मद्धत गर्छ । रक्त चापका बिमारीका लागि यो निकै फाइदाजनक हुन्छ ।

– शक्तिका लागिः कटहरमा फाइने आइरन तथा अन्य पोषक तत्वले एनिमियाबाट मुक्त गर्न मद्धत गर्छ भने शरिरमा शक्ति दिन समेत निकै फाइदाजनक हुन्छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ३ : ०५ बजे

शिक्षा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

विश्वकप फुटबल : बोस्निया हर्जगोभिनालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा आयोजक राष्ट्र अमेरिका अन्तिम

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक

प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक