अमेरिकामा आयोजित अदुवा महोत्सवमा गोली चल्दा ४ जना मारिए « Khabarhub

अमेरिकामा आयोजित अदुवा महोत्सवमा गोली चल्दा ४ जना मारिए


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सान होजे– अमेरिकाको क्यालिफोर्निया राज्यमा अदुवा महोत्सवमा बन्दुकधारीले आक्रमण गर्दा बन्दुकधारीसहित ४ जनाको ज्यान गएको छ ।

क्यालिफोर्निया राज्यको गिलरोय शहरमा आयोजित गार्लिक फेष्टिभल भनिने अदुवाका परिकारको महोत्सव चलिरहेका बेला बन्दुकधारीले जथाभावी गोली प्रहार गरेका थिए । गोलीकाण्डमा ३ जना मारिनुका साथै अरु १५ जना घाइते भएको गिलरोय शहरको प्रहरीले जनाएको छ ।

गोली चल्न थालेको केही मिनेटभित्रै प्रहरी घटनास्थलमा पुगेको थियो । त्यसलगत्तै प्रहरीको गोली लागेर बन्दुकधारीको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।

गोलीकाण्डमा दुई बन्दुकधारीको सहभागिता रहेको प्रहरीको भनाइ छ । तर, गोलीकाण्डमा उनको सहभागिता कस्तो प्रकारको थियो भन्ने अनुसन्धान भइरहेको र उनको खोजीकार्य भइरहेको अधिकारीले जनाएका छन् ।

आक्रमण हुनुको कारणबारे केही स्पष्ट भइसकेको छैन । अमेरिकी नागरिकलाई बन्दुक राख्ने संवैधानिक अधिकार रहेकाले त्यहाँ बेलाबेला यस्ता गोलीकाण्ड हुँदै आएका छन् । गोलीकाण्डका कारण हरेक वर्ष हजारौंको ज्यान जाने गरेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ३ : ०९ बजे

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी

शेखर कोइरालाको प्रश्न : कांग्रेस किन चहराइरहेको घाउमा मल्हम बन्न सकिरहेको छैन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विभाजनप्रति चिन्ता व्यक्त

गिद्ध संरक्षणमा सफलता, संख्या बढाउनेमा नेपाल दक्षिण एसियाकै पहिलो

अर्घाखाँची– कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी– आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार